अब दिसा–पिसाव लागे रेष्टुरेन्ट र सपिङ मल पस्नु पर्दैन ।।



सैघाली खबर/काठमाण्डौँ, १ जेठ।
अब सार्वजनिक स्थानमा चिनियाँ मोडलका अत्याधुनिक ट्वाइलेट बन्ने भएको छ । राजधानीका अत्यन्त व्यस्त स्थानहरुमा अझै पनि शौचालयको उपयुक्त व्यवस्था नहुदा भोग्नु पर्ने समस्याको अव अन्त्य हुने भएको छ । अहिलेसम्म दिसा–पिसाब लागेमा कि रेष्टुरेन्ट कि त सपिङ मल पस्नु पर्ने बाध्यता छ ।

यसलाई ध्यान दिँदै काठमाडौं महानगरपालिकाले ७० स्थानमा अत्याधुनिक शौचालय बनाउने भएको छ । हुन त यो दुई–तीन वर्ष नै अघि सारिएको योजना हो । तर, लगानीकर्ताको अभावमा अघि बढ्न सकेको थिएन । अब भने महानगरले आफ्नै लगानीमा बनाउने भएको छ । महानगरपालिकाले आफ्नै खर्चमा ६ स्थानमा शौचालयको निर्माण गर्न लागेको छ ।

सार्वजनिक निजी साझेदारी कार्यक्रमका इकाई प्रमुख महेश काफ्लेका अनुसार बानेश्वर, त्रिपुरेश्वर, चाबहिल बबरमहल, गोंगबु र बसन्तपुरमा रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएका शौचालय राख्न लागिएको छ । डिजाइन तयार भएको छ भने लागतबारे अध्ययन थालिएको छ । यसै वर्ष्भित्र ६ स्थानमा शौचालय राख्ने गरी प्रक्रिया अघि बढाइएको सार्वजनिक निजी साझेदारी कार्यक्रमका इकाई प्रमुख महेश काफ्लेले जानकारी दिएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्