सैघाली अनलाईन खबर
असार १४ दाङ । आज वुधवार सम्पन्न हुन लागिरहेको स्थानिय तहको निर्वाचनको चुनावी सुरक्षा लाई मध्ये नजर गर्दै दाङमा हेलिकप्टर गस्ती गर्न लागिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए ।
जिल्लामा पहाडी र नाका क्षेत्रहरुमा हेलिकप्टर गस्ती गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जानकारी दिए । विहान ७ वजे देखी दाङको विभिन्न क्षेत्रहरुमा हवाई गस्ती सुरु गरिएको जानकारी दिनुभयो । वेलुका सम्म जिल्लाका ३ सय ५१ मतदान केन्द्रहरुमा हवाई गस्ती गरिने काफ्लेले जानकारी दिए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।