अबैध उत्खनन नियन्त्रण सक्रिय बन्दै जिसस , बबई वाट १ हजार ६ सय टिप ढुङगा नियन्त्रण



गिरिराज नेपाली
दाङ , १ जेठ । नदिजन्य वस्तुको बढ्दो चोरी निकासी, ओसारपोसार तथा उत्खनन् नियन्त्रणका लागि जिल्ला समन्वय समिति सक्रिय बढाउदै लगेको छ । विकास निर्माणका आयोजना तथा आम सर्वसाधारणको सहजताका लागि जिल्लाका २० स्थानमा उत्खननका लागि खुल्ला गरे पनि नदिजन्य वस्तुको चोरी निकासी नियन्त्रण हुन नसक्दा समन्वय समितिको कार्यालय दाङले खोला अनुगमन तथा निरक्षणलाई तिव्रताका साथ परिचालन गरेको छ । मंगलवार जिल्ला समन्वय समिति दाङका उपप्रमखु श्रीधर शर्मा पौडेलको नेतृत्वका तुलसीपुर उपमहानगरपालिका , दगिशरण र बइई गाउँपालिकामा अन्र्तगतको खोलाहरुको अनुगमन तथा निरिक्षण गरिएको थियो ।

उक्त अनुगमन तथा निरिक्षणका क्रममा समन्वय समितिले बबई गाउँपालिका – ५ जलुके वाट १ हजार ६ सय टिप ढुङगा नियन्त्रणमा लिएको छ । स्थानीय नवराज बुढा र जनताको तटबन्धले वातावरणिय प्रभाव मुल्याङकन नगरेको स्थान वाट बिना अनुमति ढुङगा संकलन गरेर राखेको अवस्थामा नियन्त्रणमा लिएको छ । स्थानीय बुढाले व्यापारीक प्रयोजनाका लागि अनुमति बिना नै ढुङगा संकलन गरिएको आठ सय टिप ढुङगा खोलामै राखेको अवस्थामा फेला परेको हो । भने अर्काे आठ सय टिप ढुङगा जनताको तटबन्धले अनुमति बिना नै राजस्व नतिरेर आफ्नो प्रयोगमा ल्याएको अवस्थामा फेला परेको हो । वातावरणिय प्रभाव मुल्याङकन नगरी अनुमति बिना नै व्यापारीक प्रयोजन तथा निर्माणाधिन आयोजनाहरुले जथाभावी रुपमा संकलन तथा उत्खनन गर्दै नदिजन्य वस्तुको दोहोन बढ्दै गईरहेकाले अनुगमन तथा निरिक्षणलाई प्रभावकारिताका साथ परिचालन गरिएको उपप्रमुख पौडेलले बताउनुभयो । चोरी निकासीले राज्यको राजस्व चुहावट हुने, उपभोक्ताहरु मंहगीमा पर्ने भएकाले अनुमति दिएको स्थानहरुवाट मात्रै उत्खनन् गर्नु पाईने बताउनुभयो ।

नियन्त्रणमा गरिएको ढुङगाहरु राजस्व असुली गरी सम्वन्धी व्यक्ति तथा आयोजना प्रयोग गरी विकास निर्माणमा तिव्रता दिने सकिने उहाँले बताउनुभयो । नियन्त्रणमा लिएको ढुङगाका लागि केही दिनको हप्ता ÷दशदिन भित्र राजस्व जम्मा गर्न पनि सम्वन्धी व्यक्तिहरु लाई निर्देशन दिइएको छ । जसमा वाट करिव ४ लाख बराबरको राजस्व संकलन हुने उपप्रमुख पौडेलले बताउनुभयो ।

नदिजन्य वस्तुको अबैध उत्खनन पश्चिम दाङको बबई र दगिशरण बढि हुने गरेको अनुगमन टोलीको निकर्ष छ । वनको विचोविच हुदै बगेको बबईमा नदिजन्यवस्तु वढि हुने र शहरी क्षेत्रभन्दा टाढा रहेकाले अबैध उत्खननको वढि हुने पाइएको छ । स्थानीय तहहरु नदिजन्यवस्तुको चोरी निकासी नियन्त्रणका लागि सक्रिय बन्न नसक्दा प्राकृतिक स्रोत साधनको दोहोन मौलाउने गरेको उपप्रमुख पौडेलको भनाई छ ।

त्यस्तै अनुगमन टोलीले बबई नदिको चिरियाघाटमा अनुमति दिएको नदिजन्य वस्तुको मापदण्ड अनुरुप उत्खनन भइसकेकाले उक्त क्षेत्रको उत्खनन बन्द गर्ने भएको छ । मापदण्ड अनुसार उत्खनन् पुरा भइसकेकाले उक्त क्षेत्रवाट उत्खनन नगर्न पनि सवैमा अनुरोध गरिएको छ । त्यस्तै ग्वारखोलामा टरिगाउँमा क्षेत्रमा अनुमति दिएको ५ हजार घनमिटर क्षेत्र मापदण्ड विपरित उत्खनन गरेको पाइएको छ । सम्झौता अनुरुप एक मिटर गहिराई सम्म उत्खनन् गर्नुपर्नेमा ठेक्का कम्पनीले साढे एक देखि दुई मिटर सम्मका गहिराईमा उत्खनन गरेको भेटिएको थियो । यसरी ठेक्काको आडमा अधैव उत्खनन गरीरहेकाले पनि नदिजन्यवस्तुको दोहोन मौलाउदै गईरहेका उहाँले बताउनुभयो ।

टोलीले दशिगरण गाउँपालिकाको पातुखोलामा निर्माणधिन पुलको पनि अनुगमन गरेको थियो । अनुगमन टोलीमा जिल्ला प्राविधिक कार्यालय दाङका ईन्जीनियर बासुदेव भण्डारी, ओभरसियर राम कुमार आचार्य , जिल्ला समन्वय समितिका सदस्य द्वय जक्त वहादुर वस्नेत र सुभद्रा भण्डारी लगायतका सहभागितारहेको थियो ।

बबई गाउँपालिका भित्रमा भइरहेको नदिजन्य वस्तुको चोरी निकासी नियन्त्रणका लागि स्थानीय तह –बबई गाँउपालिका) भुमिका वारे कुराकानी गर्न खोज्दा बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेल संग सम्र्पक हुन सकेन । जसका कारण स्थानीय तहको भनाई समावेश गर्न सकेका छैनौ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्