ओली-प्रचण्डबीच बालुवाटारमा एकल वार्ता सुरु



सैघाली खबर,
जेठ २, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताबारे छलफल गर्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा एकल वार्ता शुरु भएको छ। दुई अध्यक्षबीचको बैठक शुरु भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

छलफल कति लामो हुने भन्नेबारेमा जानकारी नभएको उनले जानकारी दिए। पार्टी एकताको अन्तिम टुंगो लगाउने जिम्मा पाएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच विभिन्न चरणमा छलफल भए पनि टुंगो भने लाग्न सकेको छैन। पछिल्लो पटक वैशाख २६ गते ओली(प्रचण्डबीच छलफल भएको थियो। तर छलफल एमाले अध्यक्ष ओलीको विवादित ट्विटका विषयमा केन्द्रित हुन पुग्यो।

त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेटका कारण बैठक बस्न सकेको थिएन। पार्टी एकताका लागि गठित विधान मस्यौदा तथा राजनीतिक प्रतिवेदन मस्यौता कार्यदलले टुंग्याउन नसकेको पार्टीको चुनाव चिह्न, जनताको बहुदलीय जनवाद, जनयुद्ध तथा पार्टीको सांगठनिक संरचनाबारे दुई अध्यक्षबीच विभिन्‍न चरणमा छलफल भइरहेको छ। यसमध्ये चुनाव चिह्न, जबज र जनयुद्धबारे सहमति भइसकेको भनिए पनि आधिकारिक रूपमा निर्णय भइसकेको छैन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्