रोजी राणाको हत्या आरोपमा नायक प्रदीप खड्का पक्राउ ।। (भिडियो)



नायक प्रदीप खड्काले आफ्नो प्रेमिका रोजी राणाको हत्या गरेका छन् । सोही हत्याको कारण उनलाई बुधवार अदातल उपस्थित गराइएको थियो । जहाँ प्रदिप अलि फरक देखिए । चकलेटी हिरोमा गनिने प्रदीप अदालतमा पुग्दा लामो कपाल, उस्तै पहिरन र केही फोहोरी भएर पुगेका थियो । अदालतमा उनी एक्लै थिए , केही बेरमा दुई नायिका परमिता राणा र मेरुना मगर देखिए । केहीबेर उनीहरू बिच कानेखुसी पनि भयो ।

नझुक्निु होला हामी चलचित्र ‘रोजी’को छायाङ्कनको कुरा गरिरहेका छौ । जहाँ प्रदीप हत्याराको भूमिका छन् । बुधवार यही चलचित्रको शुभमुर्हत गरिएको थियो । बालाजुस्थित एनएफडिसीमा अदातलको सेट बनाएर चलचित्रको छायाङ्कन गरिएको थियो । चकलेटी हिरोमा देखिने प्रदीप अदालतमा उपस्थित हुँदा निकै दया लाग्दो अवस्थामा देखिएका प्रदिपको यो मौनता लामो समय टिकेन । नायिकाद्वय परमिता राणा र मेरुना मगर लगायतको यूनिटका बिचमा यूनिक देखिएका प्रदिप ‘रोजी’को छायाङ्कनमा अहिलेसम्मकै भिन्न रोलमा देखिँदैछन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्