मदन–आश्रित स्मृति दिवसमा पहिलो पटक माओवादी सहभागी, के भने त प्रचण्डले ?



सैघाली खबर/बैशाख, ३ जेठ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले मदन आश्रित स्मृति दिवसको दिन पारेर पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताउनुभएको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस मनाउन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि सहभागी भएका छन् ।

एमालेको पुरानो पार्टी कार्यालय रहेको बल्खुमा भएको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन आश्रित स्मृति दिवसको दिन पार्टी एकता गर्न पाउँदा आफुलाई गर्व लागेको बताउनु भएको हो । आजको दिन पार्टी एकता गर्न आफूले नै प्रस्ताव गरेको पनि उहाँले जानकारी दिनुभयो ।

एमाले र माओवादीबीच विहीबार पार्टी एकता गर्ने तयारी छ । एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो । मदन–आश्रित स्मृति दिवसमा माओवादी सहभागी भएको यो पहिलो पटक हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्