दाङमा स्वतन्त्र पत्रकार संघ गठन÷ अध्यक्षमा पोख्ररेल चयन



सैघाली खबर,
घोराही, ३ जेठ ।
दाङमा स्वतन्त्र पत्रकार संघ गठन भएको छ । जिल्लाका क्रियासिल स्वतन्त्र पत्रकारहरुको आज घोराहीमा भएको भेलाले सुनिलकुमार पोखरेलको अध्यक्षतामा ७ सदस्यीय स्वतन्त्र पत्रकार संघ गठन गरिएको हो ।

जसको उपाध्यक्षमा भुबन गौतम, सचिबमा जीतसागर जीएम, सहसचिबमा सुशीला वली, कोषाध्यक्षमा अनिलकुमार शर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा बंशिकुमार शर्मा, समीक्षा गाह रहनुभएको छ ।

स्वतन्त्र पत्रकार संघका केन्द्रीय महासचिव नबराज पहाडीको प्रमुख आतिथ्यतामा स्वतन्त्र पत्रकार संघ दाङ शाखा गठन भएको हो । भेलामा प्रमुख अतिथि महासचिव पहाडीले पत्रकारको हक, अधिकारका लागि संघ देशैभरी गठन गरिने बताउनुभयो । पत्रकार समाज परिबर्तनको बलियो अंग भएको भन्दै स्वतन्त्र पत्रकार संघ पार्टी बिशेष नभएको स्पष्ट पार्नुभयो ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष पोखरेलले क्रियाशिल पत्रकारको पेशागत सुरक्षामा स्वतन्त्र पत्रकार संघले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । भेलाले स्वतन्त्र पत्रकारको पदेशस्तरिय अधिवेशनका लागि दाङबाट सहभागित जनाउने निर्णय पनि गरेको छ । भेलाको सहजीकरण पत्रकार बंशीकुमार शर्माले गर्नुभएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्