नेपाल कम्युनिष्ट पार्टीले आज सबै केन्द्रीय सदस्यको नाम सार्वजनिक गर्ने



सैघाली खबर,
काठमाडौं, ४ जेठ–। नवगठित नेपाल कम्युनिष्ट पार्टी आज केन्द्रीय कमिटिको सबै सदस्यको नाम सार्वजनिक गर्दैछ । हिजो नै सबै सदस्यलाई सपथ खुवाएको पार्टीले आज ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गर्ने तयारी गरेको हो ।

नवगठित पार्टीमा विगटित एमालेको २ सय ४१ र माओवादी केन्द्रको २ सय गरि ४ सय ४१ केन्द्रीय सदस्य छन् । यी सबैले हिजो नै सपथ खाएपनि सदस्यहरूको वरियताक्रम मिलाउन बाँकी रहेको भन्दै हिजो नाम सार्वजनिक गरिएको थिएन । केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् बढीमा १४५ सदस्यीय पोलिटब्युरो बन्नेछ । तीन महिनाभित्र पोलिटब्युरो गठन तथा प्रदेशलगायत तल्ला तहका सबै कमिटी एकीकरण गरिसक्ने अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले हिजो नै घोषणा गर्नुभएको छ ।

यस्तै नेकपाको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ । यसैबीच नेपाल कम्युनिष्ट पार्टीले विघटित पार्टीका सूचनापाटी आज झिक्ने तयारी गरेको छ । हिजो पार्टी एकता भएपछि एमाले र माओवादी नरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आज विघटित पार्टीका सूचनापाटी आज झिक्ने तयारी गरेको हो ।

अब नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालय तत्कालका लागि धुम्बाराहीमा रहने र जनसङ्गठन तथा जनसम्पर्कका कामहरु भने पेरिसडाँडाबाट हुने जनाएको छ । धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा९एमाले० को अस्थायी र पेरिसडाँडामा नेकपा९माओवादी केन्द्र०का केन्द्रीय कार्यालय थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्