लगाइयो बालुवा उत्खनन र बिक्रीमा रोक



भक्तपुर, ४ जेठ

महानगरीय प्रहरी परिसर भक्तपुरले अवैध रुपमा बालुवा उत्खनन् र बिक्रीमा रोक लगाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त थिमिमा बालुवा बिक्री गर्ने डिपो सञ्चालकको आज भेला गर्दै परिसले अवैध बालुवा बिक्री नगर्न निर्देशनसमेत दिएको हो  ।

जिल्ला समन्वय समितिसँग अनुमति नलिएका, काभ्रे लगायत विभिन्न जिल्लाबाट ल्याइएका बालुवाको बील नभएमा र दर्ता नभई डिपो सञ्चालन गरी बालुवा बिक्री गरेको पाइएमा कारबाही गरिने जनाउँदै प्रहरीले अवैध रुपमा बालुवा, माटो लगायत खानीजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिएको छ ।

प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले अवैध बालुवा खानी र डिपो सञ्चालन बन्द गरिने बताउँदै भन्नुभयो, “आज डिपो सञ्चालकलाई बोलाएर अवैध माटो बालुवालगायत निर्माण सामाग्री ल्याउन र बिक्री नगर्न भनेका छौँ, दर्ता नभएका डिपोहरूलाई दर्ता गर्न भनेका छौँ, अब सबै डिपो करको दायरामा आउनुपर्छ, अनुमति नलिएका, खरिद बिक्रीको सही बिल नभएका बालुवा, माटो बिक्रीलाई पूर्णरुपमा रोक लगाउँछौ ।”

डिपो सञ्चालक वा बालुवा खानी सञ्चालकलाई प्रहरीलगायत अरु कुनै पनि व्यक्तिलाई कुनै पनि शुल्न नतिर्न तर राजस्व भने तिर्न निर्देशन दिइएको बताउँदै उहाँले राजस्व नतिर्ने र बिल नबोक्नेलाई कारवाही गरिने स्पष्ट गर्नुभयो ।

भक्तपुरमा केही दिनयता अवैध बालुवा खानी बन्द भएका छन् । चाँगुनारायण नगरपालिकाका झौखेल र दुवाकोटमा सञ्चालन हँुदै आएका बालुवाखानी बन्द भए पनि केही अवैध खानी भने अझै सञ्चालनमा रहेको खानी सञ्चालककै गुनासो छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्