सिँचाइमन्त्री वर्षमान पुन तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबीच भेटवार्ता



 

सैघाली खबर,
काठमाडौं, ६ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार भएको भेटवार्तामा नेपाल–चीनबीच विद्युत विकासका द्धिपक्षिय सम्भावनाका परियोजनाका विषयमा छलफल भएको छ ।

राजदूत पौडेलले चीन नेपालको जलविद्युत तथा प्रसारण लाइन निर्माणमा सहकार्य गर्न निकै उत्सुक रहेको जानकारी गराए । यसैगरी, नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण, ऊर्जा विकास समन्वय ९इनर्जी को–अपरेसन० लगायतका विषयमा छलफल भएको थियो । मन्त्री पुनले इनर्जी को–अपरेसनमा नेपाल सकारात्मक रहेको भन्दै त्यसको लागि आवश्यक तयारी गर्न राजदूत पौडेललाई आग्रह गरे ।

चीनले पछिल्लो एक दशकमा १ लाख मेगावाट विद्युत उत्पादन गरेकाले यसबाट नेपालले प्रविधि तथा सीप भित्र्याउन सक्ने राजदूत पौडेलको भनाइ थियो । चीन नेपालमा ३–३ वटा ठूला जलविद्युत तथा प्रसारण लाइन परियोजना निर्माणमा सहयोग गर्न इच्छुक रहेको पनि पौडेलले अवगत गराए ।

जलविद्युत तथा प्रसारण लाइन आयोजनाको विवरण तयार गरेर पठाउन पनि राजदूत पौडेलले आग्रह गरे । भेटमा मन्त्री पुनले आयोजना छनौटको लागि छलफल चलिरहेको बताए ।

नेपाल र चीनबीच गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भइसकेको छ । यसबारे नेपाल विद्युत प्राधिकरणले नेपालतर्फको सम्भाव्यता अध्ययन पनि पूरा गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्