सुकुम्बासी बस्तीमा डोजर चलाएको अभियोगमा वडाध्यक्षको घरमा बम बिस्फोट



जेठ ७, दमक

झापाको दमक नगरपालिका वडा नं ७ का वडाध्यक्षको घरमा बम विस्फोट भएको छ ।
सुकुम्बासीको बस्ती भत्काउन प्रमुख भुमिका खेलेको आरोपमा उनको घरमा बम हानिएको बताइएको छ ।

सरकारले हिजोमात्र त्यहाँस्थित सुकुम्बासी बस्तीमा डोजर लगाएर हटाएको थियो । वडा अध्यक्ष भीमप्रसाद पौडेलको घर अगाडि बम विष्फोट भएको हो।

आइतबार राति ९ बजेतिर दमक–६ स्थित उनको घर अगाडि बम विस्फोट भएको समाचार प्राप्त भएको छ । विस्फोटमा परी २ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सेमु राई र त्रिलोचन पोखरेलको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाको विषयमा अहिले केही भन्न नमिल्ने र घाइते भएका व्यक्ति कहाँको र कसरी त्यहाँ आइपुगे भन्ने विषयमा अनुसन्धान थालेको बताएको छ ।

शनिबार मात्रै ओली प्रचण्ड सरकारको ठाडो आदेशमा दमक नगरपालिकाले हाटखोला ७ स्थित सुनचाँदी लाइनमा बसोबास गर्ने सुकुम्बासीका २२ ओटा घरमा डोजर लगाएर भत्काइदिएको छ ।

संयौको संख्यामा शसस्त्र प्रहरी, जनपद प्रहरी र वडा अध्यक्ष भीमप्रसाद पौडेल सहित नगरका सबै वडाका अध्यक्ष, नगरपालिकाका मेयर रोमनाथ ओली र केही स्थानीय जग्गा दलालहरुहरुको उपस्थितिमा नगरपालिकाले बिहानैदेखि बस्तीमा डोजर जोतेपछि सुकुम्बासीको रुवाबासी चलेको थियो ।

घरटहरा भत्काउँदा उनीमाथि दबाब आएको थियो । सोही कारणले उनलाई निशाना बनाएको हुनसक्ने प्रहरीको आशंका छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्