आफ्नै कार्यकर्ता हत्यामा संलग्न काँग्रेसका छ जनालाई जन्मकैदको सजाय



कांग्रेस नेता रामजी पौडेलको हत्यामा सलग्न ६ जनालई अदालतले जन्मकैदको फैसला गरेको छ ।

न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ, र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको हो ।

२०७२ साउच २८ मा पोखरा महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा उनको हत्या भएको थियो ।

दोषी ठहर भएका ६ जना नै कांग्रेसका कार्यकर्ता हुन् ।

आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्