प्रम ओलीले पठाए जापानका प्रमलाई नेपाल भ्रमणको निम्ता



काठमाडौँ, ८ जेठ

प्रधानमन्त्री केपी शर्माओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा पठाएका छन् ।

चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावा मार्फत उनले निमन्त्रणा पठाएका हुन्।

राजदूत ओगावाले सोमबार साँझ प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गरेका हुन् । उनी कार्यकाल सकेर मङ्गलबार स्वदेश फर्किंदै छ्न् ।

विदाई भेटमा प्रधानमन्त्री ओलीले गएको ११ वर्षदेखि नेपाल र जापानबीचमा उच्चस्तरीय भ्रमण हुन नसकेको उल्लेख गर्दै यथासम्भव छिटो नेपाल भ्रमणका लागि जापानी प्रधानमन्त्रीलाई आमन्त्रण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

आफ्नो चारवर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लागरेका राजदूत ओगावा नेपालमा रहँदा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सफल भएकोमा प्रधानमन्त्री ओलील बधाई ज्ञापन समेत गरे ।

उनले नेपालको एक हितैषी एवं प्रमुख दाताराष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक, शैक्षिक लगायत विकासका विभिन्न क्षेत्रमा जापानले विगत लामो समयदेखि विनाशर्त पु¥याउँदै आएको सहयोगप्रति जापानलाई विशेष धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच हाल रहि आएको सुमधुर सम्बन्धले आगामी दिनमा निरन्तरता पाओस् भनी राजदूत ओगावा मार्फत शुभकामना समेत व्यक्त गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्