सभामुख र संविधानसभा सदस्य मञ्चको टोलीबीच भेटबार्ता



सैघाली खबर,
काठमाडौं, ८ जेठ । सभामुख कृष्णबहादुर महरासँग संविधानसभा सदस्य मञ्च नेपालका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् । मञ्चका संयोजक संविधानसभा सदस्य अनन्तप्रसाद पौडेलको नेतृत्वमा आएको टोलीले संसद सचिवालय सिंहदरबारमा सभामुख महरासँग भेटवार्ता गरेको हो ।

भेटमा सभामुख महरालाई मञ्चका संयोजक पौडेलले नयाँ संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संविधानसभा सदस्यहरु रहेको संविधानसभा सदस्य मञ्च नेपाल गठन गरिएको जानकारी गराएका थिए ।

‘अहिले संविधानसभाका बारेमा सबै जानकार छन् तर ५० वर्षपछि संविधान सभा भनेको के रहेछ भन्ने स्थिति आउँछ’ संयोजक पौडेलले भने, ‘नेपालमा संविधान कसरी बनेको थियो भन्ने इतिहास जोगाउन पनि यस्तो मञ्च आवश्यक देखियो ।’

मञ्चका लागि सिंहदरबार परिसरमा कार्यालय स्थापना गर्न कोठा र आवश्यक कर्मचारीहरु उपलब्ध गराइदिन सभामुखलाई पौडेलले आग्रह गरे ।

भेटमा सभामुख महराले संविधानसभा सदस्य मञ्च नेपाल गठन गरेकोमा सबै संविधानसभा सदस्यहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरे । संविधानसभाको ऐतिहासिक महत्व र गरिमालाई बुझेर यसको इतिहास जोगाउने पहल गरेकोमा मञ्च गठनको नेतृत्व गर्ने सभासद्हरु बधाईका पात्र भएको बताए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्