असन्तुष्ट पूर्व माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्यहरुको गोप्य भेला



काठमाडौं । पार्टी एकतापछि नयाँ पार्टी बनेपनि पूर्व माओवादी केन्द्रका धेरै नेताहरु असन्तुष्ट रहेको देखिएको छन  । पूर्व माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्यहरुले गोप्य भेला गरेका छन् । केन्द्रीय सदस्यमा नपरेका अधिकांश नेताहरु भेलामा सहभागी थिए । उनीहरुले एमालेसँग पार्टी एकतालाई समिक्षा गरेका थिए ।

काठमाडौंको एक होटेलमा भएको भेलामा एमालेसँगको एकतामा जिम्मेवारी बाँडफाँड र आगामी कार्यक्रमबारे छलफल भएको बताइएको छ ।

सहभागी एक नेताका अनुसार पार्टी एकता आवश्यकता भएपनि प्रक्रिया र जिम्मेवारी बाँडफाँड ठिक ढंगबाट नभएकोमा अधिकांश सहमत भएका थिए । नयाँ पार्टी नेताहरुले आफू र आफ्नो व्यवस्थापनलाई मात्रै ध्यान दिएको इमान्दार नेता–कार्यकर्तालाई बाइपास गरिएको भेलाले निष्कर्ष निकालेको छ ।

भेलामा सचिवलाय, स्थायी र केन्द्रीय समिति सबैमा एमाले हावी भएकोमा नेताहरुले जिल्ला र स्थानीय तहमा बन्ने कमिटी पनि त्यसको शिकार हुने बताएका थिए । केही नेताहरुले आफ्ना पार्टी नेतृत्वसमक्ष राख्ने र त्यसलाई सुनुवाई नभए अलग पार्टीबारे पनि छलफल गर्नुपर्ने धारणा राखेका थिए ।file photo

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्