व्यवसायी द्वारा ध्यानकर्षण



सैघाली खबर
दाङ, १० जेठ । घण्टौपिच्छे हुने अघोषित लोड सेडिङले व्यावसायीहरु मारमा परेकाले त्यस वारे गम्भीर ध्यानाकर्षण गराएका छन । घण्टैपिच्छे हुने अघोषित लोड सेडिङले ग्रिल तथा अन्य व्यवसायीहरु मारमा परेकाले त्यस तर्फ गम्भिर हुन सम्वन्धीत कार्यालयलाई ध्यानकर्षण गराएका हुन ।

उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालको नेतृत्वमा उपाध्यक्षद्वय टंकसिह र बसन्त जोशी बुढाथोकी र ग्रिल व्यवसाय संघका अध्यक्ष प्रकाश नेपाली लगायतका व्यावसाय टोलीले अघोािषत लोड सेडिङको बिकल्प खोज्न कार्यालय आग्रह गरेका हुन ।

उक्त अबसरमा उद्योग वाणिज्य संघ दाङका अध्यक्ष नारायणप्रसाद भुषाल विद्युत अनियमिमता कारण व्यवसायीहरु मारमा परेकाले त्यसका लागि उपयुक्त समाधानको उपाय खोज्न नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुखलाई आग्रह गर्नुभयो । भने विद्यतु प्राधिकरण घोराही शाखाका प्रमुख मधुसुदन यादवले प्रसारणलाई क्षमता कम भएकाले विद्युत अनियमितता हुने गरेको बताउनुभयो ।

जसका लागि कुइरेपानीमा एक सय ३३ केभीको सव स्टेशन निर्माण भइरहेकाले तत्काल विद्युत अनियमिततका अन्त्य हुने उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्