दाङमा दुई ठेकेदार पक्राउ



सैघाली खबर
दाङ, १० जेठ । तोकेको समयमा निर्माणको काम पुरा नगरेको भन्दै दाङमा दुईजना निर्माण व्यवसयी पक्राउ परेका छन् । २०७१ सालदेखि निर्माण सुरु भएको घोराही र तुलसीपुरको चार लेन सडक निर्माणको जिम्मा पाएका दुई निर्माण ब्यवसायीलाई बिहीबार पक्राउ गरिएको हो ।

दाङका प्रहरी प्रमुख दुर्गा सिंहका अनुसार घोराहीको सडक र केही पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायी पदम शर्मालाई घोराहीबाट पक्राउ गरिएको हो ।

त्यसैगरी तुलसीपुर सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायी प्रकाश महतरालाई तुलसीपुरबाट पक्राउ गरिएको सिंहले जानकारी दिइन् ।

उनले अन्य निर्माण व्यवसायीहरुको सूची तयार पारेर खोजीकार्य तीब्र पारिएको जानकारी दिइन् । जिल्लामा निर्माणको काममा ढिलासुस्ती गर्ने ३५ बढी योजनाहरु रहेको पाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्