सबै विद्यालयमा अंग्रेजीबाट पठन–पाठन गर्ने तयारी



खोटाङ, ११ जेठ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरिएको छ ।

गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठन पाठनको अन्तिम तयारी गरेको हो ।

वडामा रहेका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन शुरु गर्ने पूर्वतयारी स्वरुप आधारभूत तहका अंग्रेजी शिक्षकका लागि पाँच दिने अभिमुखीकरण तालीम सञ्चालन गरिएको छ । अंग्रेजी माध्यमको पाठ्यक्रम, पूर्वतयारी, शैक्षिक सामग्रीको तयारी, कक्षा व्यवस्थापन लगायतका विषयमा शिक्षकको मानसिक तयारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको वडा सचिव चित्र सुवेदीले बताए।

अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्नका लागि कक्षा १ मा भर्ना भएका विद्यार्थीलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तक वितरण गरि सकिएको वडा शिक्षा समितिले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा रहेका विद्यालयले पनि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन् । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्