सैघाली खबर/गुल्मी, ११ जेठ।
जिल्ला अदालत गुल्मीले मानसिक सन्तुलन गुमाएकी ३४ वर्षीया महिलालाई बलात्कार गर्ने पाँच जनालाई कैद सजायँको फैसला गरकोे छ । जिल्ला न्यायधीश रामप्रसाद न्यौपानेको इजलाशले यो फैसला गरेको हो ।
गुल्मीको मुसिकोट नगरपालिका १ का १८ वर्षीय बुद्ध नेपाली र १६ वर्षीय सुरेश नेपालीलाई १० वर्ष कैद र २५ हजार जरिवाना, यही ठाउँका १० वर्षीय रेशम नेपाली नावालक भएकाले पाँच वर्ष कैद र २५ हजार जरिवाना, २४ वर्षीय ध्रुव थापा र १८ वर्षीय हरिबहादुर खत्रीलाई तीन महिना कैद सजायँ तोकिएको छ ।
उनीहरुलाई गएको असोज १५ गते मुसिकोट नगरपालिका – १ मा मानसिक सन्तुलन गुमाएकी महिलालाई सामुहिक बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरि जबरजस्ती करणीमा मुद्दा चलाएको थियो ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।