- टहरामा वाँस
- शौच लागि घण्टौ लाईन
गिरिराज नेपाली
दाङ , ११ जेठ \ कारागार कार्यालय घोराहीमा क्षमता भन्दा पाँचगुणा वढि कैदीबन्दीहरु रहेका छन । ५० जनाको क्षमता रहेको कारागारमा हाल दुई सय ४८ जना कैदीबन्दी रहेका छन । क्षमता भन्दा पाँच गुणा वढि कैदीबन्दीहरु दैनिकी निकै कष्टकर बनेको कैदीबन्दीहरुको गुनासो छ ।
क्षमता भन्दा वढि कैदीबन्दी रहेकाले सुत्न बस्न देखी शौच गर्न समेत निकै अप्ठ्यारो परेको कारागार कार्यालय घोराहीका चौकीदार डिपलव सेनले बताउनुभयो । ५० जनाको क्षमता रहेको कारागारमा ४ वटा शौचालय रहेका छन । जसमा ४ दुई सय ४८ जनाले शौच गर्नुपर्ने भएकाले विहान भरी शौचका लागि लाईन बस्नुपर्ने वाध्यता रहेको उहाँले बताउनुभयो । भने क्षमता भन्दा वढि कैदीबन्दी रहेकाले शौचालय मात्रै होईन बास बस्नमा समेत समस्या भएको उहाँले बताउनुभयो ।
दुई जना सुत्ने कोठामा ५÷६ जनाले शेयर गरी सुत्नुपर्ने भएकाले कैदीबन्दीको दैनिकी कष्टकर बन्ने गरेको उहाँले बताउनुभयो । बस्ने कोठा अभाव भएपनि कारागार परिसरमै दुईवटा टहरा निर्माण गरी वाध्यताको गुजरा टार्नु परिरहेको उहाँले बताउनुभयो । कैदीबन्दी अनुसारको भौतिक संरचना नभएकाले यस्तो सास्ती खेप्नु परिरहेका उहाँले बताउनुभयो । जसका कारण हिउदमा चिसोको र वर्षामा पानीको सास्ती निके रहेको उहाँले बताउनुभयो । हिजो आजको गर्मीले वाहिरै झुल टागेर सुत्नुपर्ने वाध्यता समेत रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो वाध्यता वर्षाैदेखि हो । ’ जसले गर्दा निकै समस्या पारेको उहाँले बताउनुभयो ।
भौतिक संरचना अभाव रहेकाले कैदीबन्दीहरुले यस्तो समस्या भोग्नु परिरहेको कारागार घोराहीका प्रमुख काशीराम वंलीले बताउनुभयो । भने विचाराधिन मुद्दाका बन्दी (थुनुवा)हरुलाई पटक पटक अदालतमा पेश ल्याउनुपर्ने भएकाले पनि यस्तो समस्या चुलिदै गइरहेको उहाँले बताउनुभयो । जसको लागि अस्थायी टहरा निर्माण गरी वैकल्पीक व्यवस्थापन गरीरहेको उहाँले बताउनुभयो ।
वंलीका अनुसार हाल कारागार कार्यालयमा एक सय ६५ जना कैदी र ८३ जजा बन्दी रहेको जानकारी दिनुभयो । जसमा कर्तव्य ज्यान कसुर भोगिरहेका ४४ कैदी र २५ बन्दी , जवरजस्तीकरणीमा ५८ कैदी र २३ बन्दी , लागु औषध ९ कैदी र ९ बन्दी रहेका छन ।
त्यस्तै सवारी ज्यान १६ कैदी र ३ बन्दी , डाँका चोरी ५ कैदी र १ बन्दी, चोरी १० कैदी र १ बन्दी, अपहरण ३ कैदी , ज्यान मार्ने उद्योग १ कैदी र ६ बन्दी, ठगी ३ कैदी, वन पैदावार १ कैदी र ५ बन्दी, केही सार्वजानिक अपराध २ कैदी र १ बन्दी, शशस्त्र प्रहरी ऐन १ कैदी, गौबध २ कैदी र ५ बन्दी, कुटपिट २ कैदी र १ बन्दी रहेको उहाँले जानकारी दिनुभभयो ।
त्यस्तै हातहतियार खारखजना १ बन्दी, बैदेशिक रोजगार १ कैदी, आलगलागी २ बन्दी, बहुविवाह ५ कैदी, जिउ मास्ने बेच्ने १ कैदी र जारी (अर्काको बुढि लिएको ) १ जना गरी एक सय ६५ कैदी र ८३ जना बन्दी रहेका उहाँले बताउनुभयो ।जुन क्षमता भन्दा पाँच गुणा वढि रहेकाले यस्तो समस्या भइरहेको उहाँले बताउनुभयो ।
७ विदेशी नागरिक
कारागार कार्यालय घोराहीमा ७ जना विदेशी नागरिकहरुले सजाय कसुर भोगिरहेका छन । कारागारका सुचना अधिकार निमानन्द रिजालका अनुसार विभिन्न अपराधमा संलग्न ७ जना भारतीय नागरिकहरुले सजाय कटाइरहेको उहाँले बताउनुभयो । जसमा ३ कैदी र ४ थुनुवा रहेको उहाँले जानकारी दिनुभयो । जसमा लागु औषध ओसारपोसरमा १ , जवरजस्ती करणी २ कर्तव्य ज्यान २ ठगी १ र सवारी ज्यान १ गरी सात जना रहेका उहाँले जानकारी दिनुभयो ।
कैदीहरु कटाई सिलाई तालिम
कैदीबन्दीहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले कारागार कार्यालय घोराहीले कैदिबन्दीहरुका लागि एक महिने कटाई सिलाइ तालिम सञ्चालन गरेको छ । कारावास सजाय भोगी ६ महिना छुट्न वाँकी रहेकाले कैदीहरुको सीप र आर्थिक विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कारागार कार्यालय घोराहीका प्रमुख काशीराम वंलीले बताउनुभयो । जसमा १५ जना कैदीहरु सहभागी भएको उहाँले बताउनुभयो । कारावासको सजाय पश्चात्त घर फर्किने कैदीहरु लाई शशक्त र सामाजिकीकरण गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।