१६ असार । दाङको दंगीशरण गाउँपालिका वडा नं –२ मा नेपाली काँग्रेसको प्यानल विजय भएको छ ।
वडा नं २ मा नेपाली काँग्रेसका तर्फवाट वडा अध्यक्षमा तुलसीराम देवकोटा ४६७ मत प्राप्तगरी उनको प्यानल विजय भएको हो ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्वर खत्रीले ३९९ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सदस्यहरुमा महिला सदस्यमा निमकुमारी चौधरी , दलित महिला सदस्यमा संगीता धौलाकोटी, खुल्ला सदस्यमा खेमलाल वली र नन्दराम केसी विजय भएको निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।