कर्तव्य ज्यान मुद्धाका १० सहित १२ जना बन्दी रिहा



मिना बुढाथोकी।

सल्यान, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा सल्यानमा १२ जना बन्दी लाई जिल्ला कारागारबाट थुनामुक्त गएिको छ । आप्नो सजायको ४० प्रतिशत कैद भुक्तान गरि सकेका र असल आचरण भएका १२ जनालाई कैद मुक्त गरिएको जेलर विक्रम केसीले जानकारी दिए । कैद मुक्त भएका मध्ये ११ जना पुरुष र एक महिला रहेका छन् । कैद मुक्त हुने सबै सल्यान जिल्लाका रहेको जेलर केसीले बताए ।

जिल्ला कारागारबाट आज थुनामुक्त हुनेमा सबै भन्दा बढी १० जना कर्तव्य ज्यानको सजाय भोगिरहेका थिए । कर्तव्य ज्यान अन्तरगत ४० प्रतिशत सजाय भोगेर असल आचरण भएकाले बाँकी भोग्नु पर्ने कैद मिनाहा हुने हरुमा मेघ बहादुर बोहरा, मोहलाल बोहरा, विष्णु रावल, थमन सिं कुवर, धन बहादुर बुढा, हेमलाल डाँगी, नन्दलाल बादी, भुपेन्द्र पुन, महेन्द्र थापा र भीम महतारा रहेका छन् ।

यस्तै दुई जना बहुविवाहको सजाय भोग्दै आएका देवीलाल वली र हेमा वलीपनि थुनामुक्त भएको जेलर केसीले बताए । कैद मुक्त भएकाहरुले आप्mनो ठेगाना खुलाउन नचाहेकाले ठेगाना नखुलाईएको कारागार स्रोतको भनाई छ ।

थुनामुक्त हुनेमा २२ देखी ६३ वर्ष समूहका रहेका छन् । थुनामुक्त भएकाहरुलाई परिवारका आफन्तको जिम्मा लगाईएको छ । कारागारबाट घर फर्किदै कैदीहरुले आफूले विगतमा गल्ती गरेको महसुस गरेको बताउदै आगामी दिनमा भने परिवार सँगै बसेर केही राम्रो काम गर्ने बताएका छन् ।

वृद्धहरुले आफूहरुले यस अघि गर्दै आएको खेतीपातीतिर फर्कने बताएको र युवाहरुले भने परिवार पाल्नका लागि स्वदेशमा नभए विदेशमा गएर भएपनि आप्नो मेहनतले पैसा कमाउने बताएको कारागारले प्रशासनले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्