बजेटको आकार १३ खर्ब १५ अर्ब : पोहोरको भन्दा ३७ अर्ब बढ्यो ।।



सैघाली खबर/काठमाडौं, १५ जेठ।
सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका हुन् । उनले कृषि, पर्यटन, जलविद्युत र पूर्वाधार क्षेत्रलाई महत्व दिएर बजेट सार्वजनिक गरेका हुन् ।

सरकारले ८ खर्ब ३१ अर्व रुपैयाँ राजश्वबाट, २ खर्ब २ अर्ब वैदेशिक ऋणबाट र १ खर्ब २ अर्ब जुटाइने उल्लेख छ । केही दिनअघि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आधारित रहेर अर्थ मन्त्रालयले बजेट तयार पारेको छ । समृद्ध नेपाल सुखी नेपाली नारालाई पूरा गर्न सरकार तयार रहेकाले उच्च आर्थिक वृद्धिसहितको बजेट ल्याएको उनको दावी छ ।।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्