आगोमा जलेर एक महिलाको मृत्यु पाँच घर जलेर नष्ट



दाङ, जेठ १६ । दाङमा आगोमा जलेर एक महिलाको मत्यु भएको छ । गढवा गाउँपालिका वडा ३ सुपैलामा रहेको एकघरमा आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भएको हो ।

 

गएराति आगलागी हुँदा ४५ वर्षीया लक्ष्मी रावतको जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।आगलागीमा परी पाँच घर र तीन गोठ जलेर नष्ट भएको छ । करिब १५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्