सुनकाण्ड: एसएसपी श्याम खत्रीद्वारा अदालतसमक्ष आत्मसमर्पण



सैघाली खबर,
काठमाडौँ, १७ जेठ । साढे ३३ किलो सुन काण्डमा फरार रहेका एसएएसपी श्याम खत्रीले आत्मसर्मण गरेका छन् । उनले बिहीबार बिहान मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । अनुसन्धानका क्रममा उनी करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका थिए ।

फरार रहेका खत्रीको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । अदालत पुगेका खत्रीसँग आजै बयान लिने तयारी गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका खत्रीलाई सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले केही दिन अगाडि बयानको लागि बोलाएको थियो । टोलीले पत्र काटे लगत्तै खत्री फरार भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्