भर्ना सरकारीमा, उपचार प्राईभेटमा



सरकारी अस्पतालमा उपचार सेवा

भर्ना सरकारीमा, उपचार प्राईभेटमा

गिरिराज नेपाली
दाङ , १७ जेठ । तुलसीपुर उपमहानगरपालिका –८ अस्वाराका बसन्त भुषाल उपक्षेत्रीय अस्पतालको वेड नं. ४७ मा भर्ना हुनुहुन्छ । खुट्टाका विरामी परेको भुसाल ३ दिन देखी राप्ती उपक्षेत्रीय अस्पतालको त्यही वेडमै दिन बिताइ रहनुभएको छ । उपचारका लागि बसेको बेड सरकारी भएपनि औषधि र प्रयोगशालाका अन्य सेवा भने नीजि क्लिनिककै लिइरहनुभएको छ ।

सरकारी अस्पतालमा कार्यरत डाक्टरहरु निजी अस्पताल तर्फ आकर्षित हुनु , सेवामा ढिलासुस्ती , उपकरण अभाव र समय अगाबै डाक्टरहरुले कार्यकक्ष छोड्नु प्रवृत्तिका कारण सर्वसाधरणहरुले सरकारी स्वास्थ्य सेवा पाउन सकेको छैनन ।
रिर्पाेट जाँचका लागि डाक्टरले सरकारी अस्पतालमा समय दिन नसक्दा वाध्यतावंश रिर्पाेट चजाँचका लागि डाक्टर खोज्दै नीजि क्लिनिकमा धाउनु परेको बसन्तका बाबु बासुदेव भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘ अहिले फुर्सद छैन पछि फल्नो मेडिकलमा आउनु भनेपछि त्यही जाने गरेको छु । ’ रिर्पाेटमा थप औषधि खुवाउनुपर्ने लेखे क्लिनिकले औषधि भिराउने गर्दा अझै मंहगीमा पर्ने गरेको उहाँले बताउनुभयो । यसरी सरकारी अस्पतालमा भर्ना भएका विरामीहरुले नीजि अस्पताल तथा क्लिनिकहरुको सेवा र मंहगी खेपिरहनु परेको उहाँको गुनासो छ । जसले गर्दा सर्वसाधरणहरु सरकारी सेवावाट विमुख हुदै गईरहेका छन ।

सरकारी अस्पतालको सेवा छिटो छरितो हुन नसक्दा र सरकारी समय अगाबै डाक्टरहरु कार्यकक्ष वाट वाहिरीदा सर्वसाधरणहरु निजी मेडिकल जानुपर्ने वाध्यता रहेको तुलसीपुर उपमहानगरपालिका १७ का जगनाथ अधिकारीले बताउनुभयो । ३ बजे बन्द हुने डाक्टरी कार्यकक्ष १÷२ वजे नै बन्द हुदा यस्तो समस्या भोग्नु परेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘ के गर्ने जानैप¥यो ? सरकारी अस्पतालका जम्मै डाक्टर मेडिकलमै भेटिन्छन । नाम लेखाउदा देखाउदै २ बजिसक्छ । ’


सरकारी डाक्टरहरुको नीजि मेडिकल मोहोका कारण सर्वसाधरण सर्वसुलभ सेवा पाउन वाट वञ्चित हुनु परेको छ । भने गरिने उपचार सेवा पनि कोटा प्रणाली गरिदै आईरहेका उहाले बताउनुभयो । भिडियो एक्सरेका लागि दस्तुर तिरे पनि आजको कोटा सकियो भोली आउनु भन्दै फर्काएपछि नीजि अस्पतालमा भिडियो एक्सरे गराउनुपरेको बताउनुभयो । जसले गर्दा मंहगो शुल्क तिर्नु परेको उहाँको भनाई छ ।

कोटामा भिडियो एक्सरे
राप्ती उपक्षेत्रिय अस्पतालमा सञ्चालन हुदै आईरहेको भिडियो एक्सरे सेवा कोटा प्रणालीमा गरिदै आईरहेको छ । भिडियो एक्सरेका लागि दैनिक सयौ विरामी आउने गरे पनि ४५ ÷ ५० जनाको मात्रै भिडियो एक्सरे हुने गरेको छ । भिडियो एक्सरेका लागि दुई जना रेडियोलोजिष्ट कार्यरत रहेको अस्पतालमा दैनिक एकजनाले मात्रै सेवा दिदै आईरहेका छन ।

दुईजना मध्ये एक जना अस्पतालमा बस्ने र एकजना वाहिरी काम गर्ने गरेकाले यस्तो समस्या देखिएको नागरिक गुनासो छ । दैनिक दुवै जनाले हाजिरी गरे पनि आलोपालोमा एक÷एक वजना बस्दा जनशक्ति अभावका कारण कोटा प्रणाली शुरु गरिएको हो । आपसी मिलोमत्तोमा एक जनाले वाहिर र भित्र काम गर्दा जनशक्ति अभावका कारण कोटामा भिडियो एक्सरे हुने गरेको छ । जसले गर्दा भिडियो एक्सरेका लागि विरामीहरु नीजि अस्पतालका लागि धाउने गरेका छन ।

दुर्गन्धले सास्ती

अस्पतालको बढ्दो दुर्गन्धले विरामीहरु अझै सास्ती पु¥याएको छ । अस्पतालको आकस्मीक कक्ष, भर्ना कक्ष र प्रयोगशाला कक्षको बढ्दो दुर्गन्धले आम विरामीहरु सास्ती भोग्नु परेको घोराही उपमहानगरपालिका १३ की पुष्पा नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘भर्ना वेडमै मुख थुनेर बस्नुपर्ने वाध्यता छ । ’ जसले विरामीलाई थप विरामी सास्ती दिने गरेको उहाँको भनाई थियो ।

‘नीजि अस्पताल जानु परेको छैन ’
राप्ती उपक्षेत्रिय अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन डा. जर्नादन पन्थीले अस्पताल समय भित्र जो कोहीलाई नीजि अस्पताल जानुपर्ने वाध्यता नभएको बताउनुभयो । बढ्दो गर्मी संगै बढ्दै गईरहेको विरामी चापले अस्पताल भिडभाड बन्दै गईरहेपनि निश्चित समय भित्रै सवै सर्वसाधरणहरु सहज सेवा पु¥याई रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘कोही पनि चेकजाँच नगरी फर्काएका छैनौ , एकदुई जनामा मात्रै नीजि अस्पताल जानुपर्ने वाध्यता भयो होला ? ’ तर अस्पतालले अब त्यसलाई पनि सुधार गर्दै लैजाने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्