पत्रकार गौतम रोटरी जर्नो अवार्ड २०१८ बाट पुरस्कृत



घोराही १९ जेठ।
रेडियो स्वर्गद्धारीका सम्पादक तथा बिबिसी नेपाली सेवाका पत्रकार बसुन्धरा गौतम रोटरी जर्नो अवार्ड २०१८बाट पुरस्कृत हुनुभएको छ । रोटरी ईन्टरनेशनल डीस्ट्रीक्ट ३२९२नेपाल द्धारा प्रदान गरिने पुरस्कार बाट पत्रकार गौतमलाई सम्मानित तथा पुरस्कृत गरिएको छ ।दुई दशक देखी पत्रकारितामा क्रियाशिल गौत्म द्धन्द्धकालिन समयमा पनि सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार हुनुहुन्छ भने सुदुरपश्चिम तथा मध्यपश्चिममै पहिलो पटक स्थापना भएको रेडियोमा प्रमुख सम्बाददाताको रुपमा गौतम पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएको हो । अहिले गौतम पत्रकार महिलाहरुका लागी मार्गदर्शक,प्रेरक तथा आर्दश पत्रकारका रुपमा परिचित हुदै आउनुभएको छ ।

 

गौतमलाई नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट तथा रोटरीका डिस्ट्रिक गर्भनर सञ्जय गिरी लगायतका पदाधिकारीले २५ हजार नगद तथा कदरपत्रबाट सम्मान गर्नु भएको हो । यसैगरी गौतम सँगै नागरिक दैनिकमा कार्यरत पत्रकार दिपक दाहाल, पत्रकार मकर श्रेष्ठ, राधा चालिसे, बिनु पोखरेल, तथा वातावरण पत्रकार समूहको कार्यक्रम आखिझ्याललाई विभिन्न विद्यामा अवार्ड प्रदान गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्