पुरन्धारा खानेपानीका कर्मचारी निलम्वित



सैघाली खबर,
जेठ २२, बबई । बबई गाउँपालिकाले हापुरे पुरन्धारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका कार्यसमिति र कार्यरत कर्मचारीहरुलाई निलम्वन गरेको छ ।
उपभोक्ताहरुबाट साधारणसभामा अनियमितताबारे ब्यापक गुनासो आएपछि बबई गाउँपालिकाले बबई –४ हस्तनापुर निवासी उपभोक्ता चिम्से कामीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
छानविन गर्न गठित समितिले ६५ लाख भ्रष्टाचार गरेको प्रतिवेदन तयार पारी गाउँपालिकामा बुझाए पछि गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षता बैठक बसी निलम्वनको निर्णय गरिएको छ ।
बैठकमा नेपाल कम्युसिनष्ट पार्टीका नेता भिमबहादुर वली र जीत बहादुर वली, नेपाली कांगे्रसका बबई गाउँपालिका सभापति बलबहादुर बुढा, बबई गाउँपालिका वडा नंवर ५ का अध्यक्ष डम्मर श्रीस र ४ का अध्यक्ष टोकबहादुर वली, छानविन समितिका संयोजक चिम्से कामी, सदस्यहरु परेकलाल बुढा, छवि बि।क।, टोप बहादुर बस्नेत, वसन्त न्यौपाने, पत्रकारहरु आजाद खड्का र बालकृष्ण पाण्डे, नागरिक अगुवा डिल्ली पौडेल लगायतकोे सर्वपक्षीय बैठकले पदाधिकारी तथा कर्मचारीहरुलाई निलम्वन गरेको हो ।
कार्यसमितिका पदाधिकारीहरुलाई छानविन समितिको प्रतिवेदन अनुसार निलम्वन गरिएको हो भने कर्मचारीहरुलाई सर्वपक्षीय बैठकमा निलम्वित समितिका अध्यक्षले दिएको बयान र सर्वपक्षीय बैठकले कर्मचारीको पनि मिलेमतो हुनसक्ने आशंकाका आधारमा निलम्वन गरिएको हो ।
सर्वपक्षीय बैठकले हापुरे पुरन्धारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको असार १० गतेभित्र निर्वाचन गर्ने गरी वडाध्यक्ष डम्मर श्रीसको संयोजकत्वमा ५ सदस्य निर्बाचन कमिटी गठन गरेको छ।khabardabali

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्