रिक्त शिक्षक दरबन्दीको गाठो फुकाउन पहल



गोविन्द खड्का
घोराही, २३ जेठ।
बर्ष दिन अघि देखि रिक्त रहेका दरबन्दीमा शिक्षक पदपुर्तिका लागी संघ संगठनहरुले चासो देखाएका छन् । एकिकृत अखिल नेपाल शिक्षक संगठन दाङले सोमवार शिक्षा विकास तथा समन्वय एकाई दाङका प्रमुख सूर्यराज घिमिरे संग घोराहीमा छलफल ग¥यो । नव आगन्तुक प्रमुख घिमिरेलाई अबस्थाको अबगत गराएको संगठनका जिल्ला अध्यक्ष हुकुमबहादुर बुढाथोकिले जानकारी दिनुभयो ।
संगठनका अध्यक्ष बुढाथोकि प्रधानाध्यापक रहेको जयशेर माध्यामिक विद्यालय रावत गाउ“ घोराहीमा गत शैक्षिक सत्रको भदौ तिन देखि एउटा दरवन्दि रिक्त छ । यसैगरी चैत एक गते अर्को दरबन्दि रिक्त भयो । ति दुईटै शिक्षकका भार थाम्ने नया“ शिक्षक आएन । अध्यक्ष बुढाथोकिका अनुसार एउटा पिरीयडको २० रुपैया ओटि दिएर अतिरिक्त शिक्षक पठाउने व्यवस्था गरीएको छ । अर्काको विषय पढाउन जाने शिक्षकले मेसै संग पाठ पढाउने कुरै हु“दैन ।

यहि जेठ २९ गते देखि शिक्षक राजकुमार थापा पनि अनिवार्य अवकासमा निष्कदै हुनुहुन्छ । यसरी तिन वटा दरबन्दि जयशेयर माविमा मात्रै रिक्त हुदैछन् । एउटा शिक्षकको मासिक ६ सय रुपैया ओटि दिनुपर्ने प्रअ बुढाथोकिको भनाई छ । त्यसो गर्ने श्रोत जुटाउन पनि मुश्किल हुन्छ । पढ्दै नपढेको विषयमा गत शैक्षिक सत्रमा विद्यार्थीले परिक्षा दिएर उत्तीर्ण गरेको छ । उनिहरुको गुणस्तरमा जति प्रश्न गरेपनि पुग्दैन । परिक्षा कसरी गरे भनेर सोधिएको प्रश्नमा प्रअ बुढाथोकिले जवाफ दिनुभयो ‘यस्तै तानतुन गरेर गरियो ।’ उहाले थप्नुभयो, ‘शिक्षक नहुदा खतम छ । जसरी हुन्छ छिटै शिक्षक दरबन्दि पदपुर्ति गर्ने बारे छलफल चलाएका छौ ।’

शिक्षकका नेताहरुले गर्दा दरबन्दि मिलान कार्य धरापमा परेको व्यापक हल्ला छ । त्यसले सामुदायिक बिद्यालयमा शिक्षक अभाव बनाएको नेतृत्वहरुमा आरोपछ । आफुले भने अनुकुलको ठाउमा नपाएपछि असन्तुष्टले गरेको हल्ला हो भन्नुहुन्छ, संगठनका पा“च नम्बर प्रदेश अध्यक्ष मदन कुमार शर्मा । उहाका अनुसार केहि रुपमा नेतृत्वका स्वार्थ जोडिएका हुन सक्छन् । शिक्षकका नेतकाहरुले मनमर्जी गरेर रोकिएको भने होईन । अहिले केन्द्रबाटै दरबन्दि मिलान प्रकृया रोकि सकेको छ । पुर्ववत रुपमा गर्नु भनेको छ । त्यो भनेको विद्यालयले करार नियुक्ती गर्ने हो । दरबन्दी मिलानको नआउने, करार नियुक्ती गर्न नदिने कारणले बाहुरे शिक्षक बाट पठन पाठन चलेको छ । उनिहरु पढाउदैनन् विद्यार्थी बाहिर आउन नदिन कक्षा कार्य दिन्छन् । जसको खाली पिरीयड छ उसैले जिम्मा लिन्छ यसको भन्ने नै हुदैन ।

त्यसरी नियुक्त गरेको शिक्षकलाई स्थानिय सरकारले तलव खुवाउनुपर्छ । त्यसका लागि पनि स्थानिय सरकारले शिफारीस दिनुपर्छ । धेरै स्थानिय सरकारले शिक्षक करार नियुक्तीको अनुमति दिन मानेका छैनन् । पहिलो त्रैमासिक परिक्षा आउनै लाग्दा पनि एक बर्ष अघि देखिका शिक्षकका रिक्त दरबन्दी पुरा हुन सकेका छैनन् । अघिल्लो बर्ष नपढेका विद्यार्थीले अहिले पनि शिक्षक पाएनन् । मावि भ्युडर सुनपुर तुलसीपुरका प्रअ रहनुभएका शर्माको विद्यालयमा एक बर्ष अघि देखि एउटा शिक्षक दरबन्दि रिक्त छ । खाली दरबन्दि पुर्ति नगरेपछि विद्यार्थीको पढाई डामाडोल हुने भएकाले स्थानिय सरकारले सिफारीस नरोक्दा हुन्छ ।

भर्खरै अभ्यासमा आएको संघिय संरचनाका कारण अलम देखिएको शिक्षक संगठनका नेताहरुले बताएका छन् । लामो समयको समस्या समाधान गरीदिन भर्खरै आउनुभएका ईकाई प्रमुख घिमीरे संग आग्रह गरेको संगठनका पा“च नम्बर प्रदेश ईन्चार्ज बसन्तराज अधिकारीले जानकारी दिनुभयो । एक बर्ष अघि देखि शिक्षक पद रिक्त हु“दा विद्यार्थी पढाई बाट बन्चित छन् । कार्यक्रममा संगठनका केन्द्रिय सदस्य ज्योति प्रसाद चौधरी, सल्लाहकार मस्तबहादुर श्रेष्ठ लगाएतले सुझाव दिनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिको निर्णय, विद्यालयको पत्र र सम्वन्धित स्थानिय तहको सिफारीसमा शिक्षक करार नियुक्ती गर्ने व्यवस्था छ । स्थानिय सरकारहरुले सिफारीस दिन मानेका छैनन् । विद्यार्थीको पढाईलाई मध्यनजर गर्दै चा“डै समस्या हल गर्न लागेको घोराही उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक भरतमणी अर्यालले बताउनुभयो । कार्यपालिकाको छलफलमा छौ“ । यो विषय तत्कालै टंग्याएर रिक्त दरबन्दि पुर्ति गछौ अर्यालले भन्नुभयो, सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा दिने क्षेत्र बनाउने हो । उहाका अनुसार अरु विषयलाई छोडेरै भएपनि शिक्षाको विष्य टुंग्याउने योजना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्