कृषिमा नेता ‘पहिले नेता भन्थ्ये, अहिले खरायो बाजे भन्छन’



गिरिराज नेपाली
दाङ, २३ जेठ । बुरुक–बुरुक उफ्रिएर रहेका खरायोहरु । ती संगै रमाईरहेका ५३ वर्षिय सरुण बाठा मगर । खरायो संगको सरुणको प्रेमले जो कोहीको पनि मन लोभ्याउन सक्छ । बिहान उठ्नु खरायोलाई दानापानी गरी खेतवारीको गोडमेल लाग्नु उहाँको दैनिकी नै बनेको छ । बाँफीकोट – ८ दुली रुकुममा जन्मिएका सरुण अहिले तुलसीपुर उपमहानगरपालिका – १९ हारिमेमा खरायो पालन व्यावसाय गरी बसोबास गरिरहनुभएको छ ।

अग्रेजी र अर्थशास्त्र विषयमा स्नताक तह उत्तिर्ण गरेका सरुण लामो समय दुलीमै मावि तहमा अध्यापन गराउदै गरेका उहाँ जनयुद्ध शुरुवात संगै जागिर छोडेर युद्धमा होमिनुभयो । गम्भिर अध्ययनशील स्वभावका सरुण रुकुम जिल्लाको जनसत्ता प्रमुख र स्वायत्त मगरातको सभामुखको जिम्मेवारी समाहल्नुभयो । उहाँले भन्नुभयो – ‘ उमेर जोस जाँगर भए राजनीतिमै सके बुढेसकालमा सानातिनो व्यावसाय गरी ज्यान पाल्दैछु । ’

अर्थशास्त्र उत्पादन र उद्यमशीलताको विषय रहेकाले स्वअध्ययनले कृषि पेशामा आफु आकर्षित भएको उहाँले बताउनुभयो । जसले गर्दा अहिले आफु सफल किसानका रुपमा स्थापित भएको हुन सकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘२५ वर्ष अघि नै मैले खरायो व्यावसाय गरेको थिए । अहिले राजनीतिक र व्यावसाय दुवै चलिरहेको छ । पुरानाले नेता भन्छन् नयाँले खरायो बाजे भन्छन ’ युद्धकालको राजनीति संगै गरिएको खरायो पालन व्यावसाय राजनीतिकै कारण सफल बनाउन नसक्दा बिचै छोड्नु परेकाले अहिले त्यही व्यावसायलाई निरन्तरता दिने उद्देश्यले व्यावसाय शुरु गरिएको उहाँले बताउनुभयो ।

दाङमा नयाँ व्यावसायका रुपमा सञ्चालन भईरहेको खरायो पालनले बिस्तारै बजार पाउन थालेको छ । एक सय खरायो वाट शुरु गरिएको खरायो पालन अहिले करिव साढे दुई सय वटा रहेका छन । मुटु , कलेजो , फोक्सो, सुत्केरी महिला र वाथ रोगीहरुका लागि अत्यन्त उपयोगी हुने खरायो मासुले सोचे अनुरुप बजार पाउन व्यावसाय फष्टाउन नसकेको उहाँको भनाई छ । करिव दुई साढे सय खरायो पालन गरिरहेको उहाँले बताउनुभयो । खरायोको मासु प्रतिकिलो पाँच सय र जिउदो एक देखी दुई हजार सम्म बिक्रि वितरण गरिरहेको जानकारी दिनुभयो । उन्नत जातका फ्रेन्च चिन्चिला, न्युजुल्याण्ड ह्वाईट, न्युजुल्याण्ड ब्ल्याक , युएस नामक खरायोहरु रहेको जानकारी दिनुभयो ।

खरायो पालन संगै लोपोन्मुख अवस्थामा रहेको कालो धान पनि व्यावसायिक खेती गरिहेको उहाँले बताउनुभयो । करिव चार कठ्ठा क्षेत्रमा खरायो । १० कट्ठा वढिमा कालो धानको व्यावसायी खेती गरिहेको उहाँले बताउनुभयो । नेपालमै लोप भइसकेको कालो धानको विकास आफुवाटै शुरु गरी अहिले धेरै ठाउँमा व्यावसायिक रुपमा खेती भईरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ कृषि मेरो रुचिको विषय हो , राजनीति विचार हो यि दुवै मेरा जीवनका सहयात्री हुन । ’

खरायो, कालो धान , सुर्यमुखीको खेती र बाख्रा पालन संगै एक वटा बाँदर पनि आफुले पालन गरीरहनुभएको छ । जसको सहयोगी भूमिकामा श्रीमतीको ठूलो योगदान रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘व्यावसाय लाई भन्दा राजनीतिक छोडेका भए आर्थिक रुपमा सक्षम हुन सकिन्थ्यो । यो बुढौलीमा दुःख गर्नुपर्ने थिएन । पहिले राजनीति भन्दै लागियो अहिले पो चाल पाईयो ? ’ तर अहिले पनि उहाँले राजनीति क्षेत्रमा आवद्ध हुनुहुन्छ । नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारमा रहनुभएको छ । उहाँले भन्नुभयो – ‘ जिउ पाल्न व्यावसाय जनता संग गाँसिनलाई राजनीतिक गर्नु परिहेको छ । ’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्