किन घट्यो राहादानी बनाउनेको संख्या ?



 

दिपक बोहरा,
तुलसीपुर २४ जेठ ।

पछिल्लो समय तुलसीपुरमा राहादानी बनाउनेको संख्या घटदै गईरहेको छ । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा राहदानी बनाउने संख्या घटेको ईलाका प्रशासन कार्यालयका सुचना अधिकारी तथा राहदानी फाँटका प्रमुख यादव प्रसाद भुषालले जानकारी दिए । उनले भने‘पछिल्लो समय राहादानी लिनको संख्या घटेको छ । त्यसमा पनि रोजगारीमा भन्दा भेटघाटको लागि जानेहरुको संख्या बढी रहेको उनले बताए । उनका अनुसार एक दिनमा २÷३ जना देखि ७÷८ जनासम्म महिलाहरु राहदानी बनाउन आउने गर्छन् ।

चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म महिला र पुरुष गरी जम्मा दुई हजार तीन सय ३० जनाले राहदानी बनाएका छन् भने द्रुत सेवाबाट काठमाडौंबाट राहदानी बनाउनेको संख्या १ हजार ३ सय ५३ जना रहेको उनले बताए । यस्तै गत आर्थिक बर्ष ०७३÷०७४ मा तीन हजार एक सय ६१ जनाले राहदानी बनाएका थिए । ती मध्य १ हजार ७ सय ९३ जना द्रुत सेवा अर्थात काठमाडौं गएर राहदानी थिए । उनका अनुसार पछिल्लो अवस्था जिल्लामा राहदानी बनाउने पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ । उनले भने‘पछिल्लो समय पुरुष भन्दा महिलाहरुले बढि राहादानी बनाउने गरेका छन् ।’ प्राय ः युवाहरुले बिदेश जानकै लागि राहादानी बनाउने गरेको गर्छन् । तर पछिल्लो समय युवाहरु स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता बिदेश जान छोडेकाले पुरुषहरुको संख्यामा कमी आएको हो ।
पछिल्लो समय महिलाहरु भने छोराछोरी पाल्न, घर चलाउनको लागि भएपनि बैदेशिक रोजगारमा जाने गरेको उनले बताए ।‘महिलाहरुका लागि बेदेशमा काम गर्ने राम्रो वातावरण छैन्’ उनले भने‘तर पनि पछिल्लो समय महिलाहरुले बढि राहादानी बनाउने गरेका छन् ।’ राहदानीबाट चालु आर्थिक बर्षको नौ महिनामा एक करोड, २७ लाख, ५९ हजार तीन सय २१ रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै आर्थिक बर्ष २०७३÷०७४ मा एक करोड ७६ लाख ३८ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको ईलाका प्रशासन कार्यालयका सुचना अधिकारी भूषालले जानकारी दिए ।

 

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्