काँग्रेस पार्टी भंग गरिदिए हुन्छः शेरबहादुर देउवा



कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी भित्रका अन्तरघातीलाई कारबाही नगर्ने हो भने पार्टी नै भंग गरिदिए हुने बताएका छन् ।

उनले चुनावमा पार्टीलाई भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्नेदावी समेत गरेका छन् । अनलाइन खबरमा समाचार छ ।

कैलाली जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले भनेका छन् अन्तरघातकै कारण कांग्रेसले २५ देखि ३० सिट गुमायो । पार्टी सदस्य भएर पनि भोट पार्टीलाई नहाल्नेहरु अपराधी भएको भन्दै उनीहरुको सदस्यता खारेज गर्ने ठोकुवा गरेका समेत गरेका छन् ।

उनले भनेका छन्, ‘यो देशमा अब मेरो एउटै काम छ, अन्तरघातीलाई कारबाही गरेर पार्टीलाई पुरानै अवस्थामा ल्याएर मात्र म विश्राम लिन्छु ।’
एक प्रसंगमा उनले कृष्णप्रसाद भटटराईको पालादेखि सुरु भएको अन्तरघात सदासदाका लगि अन्त्य गर्ने दाबी गरेका छन् । कार्यकर्तालाई उनको प्रश्न छ, पार्टीलाई नै हराएर को बहादुर भएको छ ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्