‘अपराध उन्मुख वन्दै दाङ’



गिरिराज नेपाली
असार १९ , दाङ ।   दशवर्षे शशस्त्र द्वन्द्व अन्त्य संगै पछिल्लो १० वर्ष यता दाङ विस्तारै शहरी उन्मुख जिल्लाको रुपमा विकास हुदै जान थालेको छ । वढ्दो शहरी करणको विकास संगै जिल्लामा अपराधिक घटनाहरु वृद्धि हुदै जान थालेका छन । सामान्य अपराध देखी जघन्य अपराध सम्मका घटनाहरु पछिल्लो समय दाङमा देखा परिरहेका छन ।

२०७३ साल कार्तिक १० गते तुलसीपुरका प्रतिष्ठित व्यापारी राज कुमार श्रेष्ठ हात वाट नगद ३० लाख भारतिय रुपैया चोरी भयो । त्यसको महिनामै उच्च अदालत तुलसीपुरका न्याधिश द्वय श्रीमन कुमार गौतम र अग्नी प्रसाद थपलियाको ०७३ चैत्र १०को संयुक्त ईजालसले उक्त चोरी २ जना हस्तविर चौधरी र लिलाधर खड्का लाई सामान्य ईजालशमा छोडेन आदेश जारी गरे संगै अन्य ३ जना लाई दाङ देउखुरी जिल्ला अदालतका न्यायधिश कोमल प्रसखदा आचार्यको ईजालशले सामान्य प्रमाण अपुगको पुष्ट्री गर्दै सामान्य तारेखमा छोडका थिए । उक्त घटना सेलाउन नपाउदै उनै व्यापारी जेष्ठ २५ गते अपरहणमा परे , अपहरणमा परेको २१ दिन पछि मृत फेला परे । घटना लगत्तै प्रहरीले अपहरणकारी घोराही ४ निवासी ४० वर्षिय रमेश भन्ने मान वहादुर पुन , साँविक पवननगर १ घर भई हाल तुलसीपुर ६ मा वसोवास गर्दै आईरहेका २३ वर्षिय रुगत थापा मगर , घोराही नयाँ वजारकी ३८ वर्षिय जमा पुन र साँविक झिम्पे ४ निवासी ३५ वर्षिय मान वहादुर भण्डारी लाई प्रहरी पक्राउ गरेको छ । तर अपहरणका मुख्य योजनाकार तुलसीपुर ६ का टिकाराम घर्ति र उनका १७ वर्षिय छोरी पुजा घर्ति भने फरार रहेका छन । यसरी क्रमिक रुपमा एउटै व्यक्ति माथि कहिले लुटपाट त कहिले अपहरण पश्चात्त हत्या हुनाले दाङ विस्तारै अपराधिक क्षेत्रमा फष्टाउदै जान थालेको भन्न सकिने आधारहरु पुष्ट्री गर्न सकिन्छ । भने जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङमा हेर्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चालुृ आर्थिक वर्षको असार दोस्रो साता सम्ममा हत्या १४ , आत्महत्या , १ सय ५५ , लुटपाट ३ , चोरी १५ , डाँकाचोरी १ , मानव वेचविखन १ , जवरजस्ती करणी २९ , वेवारिसे शव फेला ८ र सार्वैजानिक अपराध १ सय ७ वटा भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरज प्रताप सिंहले यि घटनाहरु प्राय कतिपय आर्थिक संग जोडिएकाले आवेश वा योजना वद्ध घटनाका रुपमा लिन सकिने उनले वताए । उनले भने ‘ दाङ् पछिल्लो समय अपराधिक गतिविधि उन्मुख जिल्लाका रुपमा विकास हुदै जान थालेको छ । ’ जसका कारण नागरिकहरु सुरक्षाको वावजुत पनि असुरक्षित महसुस गरी रहेका छन । यसरी योजना वद्ध हत्या हिंसा देखी सामान्य आवेश प्रेरित घटनाहरु मौलाउदै जानुले जिल्लाको सुृरक्षा व्यावस्थामा पनि चुनौती पैदा हुन थालेको उनले वताए ।

सिहंका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा ज्यान सम्वन्धीमा १ सय ५४ वटा घटनाहरु घटेको जानकारी दिए । त्यस्तै आर्थिक वर्ष ०७१÷७२ मा १ सय ३५ वटा घटनाहरु ज्यान सम्वन्धीका घटेको जानकारी दिए । यसरी वर्षेनी ज्यान मास्ने घटनाहरु वढ्दै जानले दाङको नागरिक सुरक्षामा चुनौती थपिएको उनले वताए ।

सुरक्षामा चुनौती

पछिल्लो समय दाङमा हिंसाजन्य हत्याका घटनाहरु वढ्दै जान थाले पछि प्रहरी लाई नागरिक सुरक्षामा चुनौती पनि थपिदै जान थालेको जिल्ला प्रहरी कार्यालयले दाङका प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए । शहरी करणको विकास संगै मानव वस्ती वाक्लो हुदै जानल थाले पनि व्यक्ति मोहो वा लोभलालचनका भरमा हत्या हिंसाका अपराधहरु वढ्दै जान थाले पछि प्रहरी लाई नागरिक सुरक्षाका लागि चुनौती थपिदै जान थालेका उनले वताए । प्रहरी जनशक्तिको अभाव , प्राविधिक र प्रविधिको अभाव र भौगोलिक विकटताका कारण प्रहरीले शान्ती सुरक्षाका लागि चुनौती खेपीरहेको उनले वताए । उनले भने ‘नागरिक र प्रहरीको सहकार्य नै समाजमा शान्ती सुरक्षा कायम गर्न सकिए पनि , तर नागरिक प्रहरीको सहकार्य अभावका कारण प्रहरीले शान्ती सुरक्षा कामयमा केही खलल देखिएको उनले वताए । उनले भने अझै तुलसीपुर क्षेत्र सुरक्षाका हिसावले निकै संवेदनशिल क्षेत्र रहेको समेत उनले वताए । अपराधिक कार्यमा संलग्न व्यक्तिहरु घटना घटाई सके पछि भागेर सल्लान ,रुकुम तिर वा बाँके हुदै सिमा पार गर्न छोटो दुरी रहेकाले सुरक्षाका हिसावले तुलसीपुर क्षेत्र अझै सुरक्षाका हिसावले निकै जोखिममा रहेको उनले वताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्