महिलाहरुलाई महिला अधिकार सम्बन्धि जानकारी छैन



सुशील बस्नेत ,
दाङ,२६ जेठ।
महिलाहरुमा अधिकारका बारेमा जानकारी अझै हुन नसकेको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ का बासीन्दाहरुले बताएका छन् । महिला हिसां न्यूनिकरण र प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रमको आज शनिबार दुधेनामा समापन कार्यक्रममा उनीहरुले अधिकार लेखिएको भएपनि जानकारी नहुदा अधिकारबाट बञ्चीत हुनु परिरहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ टिकरीकी २५ बर्षिया अमृता बिकले शिक्षा स्वास्थ्य अधिकार,सांस्कृतीक अधिकार संबिधानमा लेखिएको आफुले जानकारी पाएको बताउनुहुन्छ ।
तर कार्यान्वयन भए नभएको बारेमा त सबैलाई थाहा नै छ,जानकारी भएकाले सुबिधा लिएका छन्,गाँउघरमा बस्ने महिलाहरुले बञ्चीत हुनुपरेको बिकको भनाई छ । वटवलपुरकी सर्मा चौधरीलाई पनि अधिकार प्रस्तत ब्यबस्था भएको थाह छ,तर उपभोग गर्ने अवसर भने केही मात्र भएको बताउनुहुन्छ । त्यँहा सम्मको पहँच र जानकारी नै बाधक तत्व चौधरीको भनाई छ । टीकरीकि बिमला परियारलाई अव सबै जागरुक हुनुपर्छ भन्नुहुन्छ । अधिकार लेख्ने मात्र होईन उपयोग गर्ने गरि सबैको घर दैलो सम्म यसको ब्यबस्थाको बारेमा जानकारी दिने र पुग्ने वातावरण राज्यले बनाउनु पर्छ उहाले भन्नुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ का अध्यक्ष बेदबहादुर केसीले अधिकारको बारेमा जानकारी दिनका लागि महिलाहरुको अभिमुखिकरण कार्यक्रम गरिएको बताउनुभयो । अव धेरै कुराको जानकारी भएको छ,वडा कार्यालयसम्म आउनुहोस्, राज्यले दिन सक्ने सेवा सुबिधाका बारेमा गम्भीर रहेको केसीले बताउनुभयो ।
वडा अध्यक्ष बेदबहादुर केसी बेदुको अध्यक्षता एबम नेपाल रेडक्रस सोसाईटी उपशाखा तुलसीपुरका उपासभापति तारा प्रसाद देबकोटाको प्रमुख आतिथ्यमा अभिमुखिकरणको समापन गरिएको हो ।
४० जना अस्वारा र ४० जना वडा कार्यालय दुधेनामा गरि ८० जनालाई महिला हिंसा न्यूनिकरण र प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि अभिमुखिकरण आयोजना गरिएको थियो । अभिमुखिकरण कार्यक्रमको समन्वय राप्ती बहिरा संघले गरेको थियो । अभिमुखिकरणको प्रशिक्षकमा पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेत,तुलसीपुर उपहानगरपालका सुचना अधिकारी झरेन्द्र खरेल र राप्ती बहिरा संघका कार्यकारी निर्देशक प्रतिमा शर्मा हुनुहुन्थ्यो । समापन कार्याक्रमको सहजिकरण राप्ती बहिरा संघका सचिब देवा डाँगीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्