पेट्रोेलियम पदार्थको मुल्यबृद्धि विरोधमा रौतहटमा प्रर्दशन



सैघाली खबर
रौतहट , २७ जेठ । नेपाल विद्यार्थी संघ रौतहटले पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्य वृद्धिको विरोधमा प्रर्दशन गरेको छ । नेपाल विद्यार्थी संघ रौतहटको जन ज्योति बहुमुखी क्याम्पसका विद्यार्थी लगाएत सयौं विद्यार्थीहरु मसाल जुलुसमा सहभागी थिए।

आन्दोलनको नेतृत्व गरेका नेविसंघ केन्द्रीय सदस्य नवराज देवकोटाले कार्यक्रममा मन्तव्य राख्दै अहिलेको कम्युनिष्ट सरकारले ललिपप बाटेर लोकप्रिय हुन खोजे पनि गरिब र निमुखा जनताको जीवन अस्तरलाई ख्याल नै नगरि अनेकौं बहानामा पटक पटक खाद्यान्न र पेट्रोलियम पदार्थम मुल्य वृद्धि गरिएको आरोप लगाउनुभयो । अन्तर्राष्ट्रिय बजार सङ्ग मूल्य समायोजनको नाममा वृद्धि गरिएको मुल्य तत्काल समायोजन गरियोस् भन्दै आक्रोश पोखेके थिए ।

कार्यक्रममा ने।बि।संघ केन्द्रिय सदस्य नवराज देवकोटा स्वतन्त्र विद्यार्थी युनियन जनज्योति का सभापति संगम श्रेष्ठ,उपसभापति गोपाल हुमागाई, सदस्य भिमराज अधिकारी,करण देवकोटा ने।बि।संघ नेता समीर नेपाल, प्रलाद मैनाली,सुबोध गिरि लगाएत सयौं विद्यार्थीहरुको उपस्थिति थियो ।

संचार माध्यम सङ्ग कुरा गर्दै ने।बि।संघ केन्द्रिय सदस्य नवराज देवकोटाले जनतालाई मारमा पार्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गराउन दबाबस्वरुप मसाल जुलुस र आन्दोलनको कार्यक्रम गरिएको र यो आन्दोलन बाट सरकार आफ्नो निर्णय बाट पछाडि नहटे हामी अनशन सहित आम(हडतालको आन्दोलन गर्न बाध्य हुनेछौ भनेर भनेका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलिको राजीनामाको माग गर्दै नारा समेत लगाइएको थियो ।मूल्यवृद्धि फिर्ताको माग गर्दै बुधबार नेवि।संघले रौतहट जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्