६१ वर्षपछि घोराही –प्युठान सडक कालोपत्रे



गिरिराज नेपाली
दाङ, २७ जेठ । ६१ वर्षदेखी निर्माणाधिन अवस्थामै गुज्रिरहेको दाङ– प्युठान सडक कालोपत्रेका वजेट सुनिश्चितता गरिएको छ । आगामी आर्थिक वर्षदेखी शुरु हुने गरी जेठ २१ गते सोमवारका दिन मन्त्री परिषदको निर्णयले दाङ – प्युठान सडक खण्डमा पर्ने घोराही– कमिरेचौर सम्मको १९ किलोमिटर सडक कालोपत्रेका लागि वजेट सुनिश्चितता गरेको हो । तत्कालिन अर्थमन्त्री तथा सरकारका सभामुख कृष्ण वहादुर महराको पहलमा ६१ वर्ष सम्म निर्माणाधिन अवस्थामा गुज्रिदै आईरहेको उक्त सडक आगमी वर्ष कालोपत्रे हुने सुनिश्चित गरिएको छ ।

२०१४ सालमा स्थानीयहरुको जनश्रमदान वाट ट्रयाक निर्माण गरिएको हो । प्युठानका स्थानीय विकास प्रेमी गिरिराज उपाध्यायको अगुवाईमा लाभान्वित क्षेत्रका जनताहरुले महिनौ दिन सम्म श्रमदान गरी करिव ५० किलो मिटर ट्रयाक खोलेका हुन । उक्त ट्रयाकले दाङ–प्युठानको व्यापारिक सम्वन्ध बढाउदै लगे पनि भालुवाङ– प्युठान सडक निर्माण पछि उक्त सडकले विस्तार बन्द हुदै गयो । न राज्य र न जनता दुवैले त्यसको वास्ता गर्न छोडेका थिए । अहिले केही आशा पलाएको छ । ’

छ दशक अघि ट्रयाक निर्माण भएको उक्त सडक मर्मत सम्भार र स्तरोन्नतीकै अभावमा रहेको उक्त दुई वर्ष यता मात्रै स्तरोन्नतीको तिव्रगतिमा छ । तत्कालिन सडक डिभिजन कार्यालय दाङका प्रमुख एवं स्थानीयवासी शिर वहादुर घिमिरेले राज्यले सालबसाली वजेट अन्तर्गत थोरै थोरै रकमका साना साना योजना निर्माण सडकको काम अघि बढाउदा उक्त सडकले चाँडै स्तरोन्नती पाउन नसकेको उहाँको भनाई छ । जसले गर्दा स्थानीय चिन्तित बनेका थिए । उहाँले भन्नुभयो – ‘ कुनै समय निकै चहल पहल हुने घोराही – प्युठान सडक हिजो आज सुनसान छ । दुरीका हिसावले अति नजिक रहेको उक्त सडकले आफ्नो ५९ वर्षको उमेर त्यत्तिकैमा बिताए पनि स्थानीयहरु चिन्तित बनाएको थियो । अहिले उक्त सडक कालोपत्रेका मन्त्री परिषदले निर्णय गरेकाले ठूलो आश जागेको छ । ’

मन्त्रीस्तरिय निर्णय अनुसार मदनभण्डारी राजमार्ग अन्र्तगत विनियोजन गरिएको चार अर्ब ५० करोड रकमवाट खर्च व्यहोर्ने गरी निर्माण एवं खरिद प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ । पर्यटकिय दृष्ट्रिले महत्व रहेका उक्त सडकको आगामी आर्थिक वर्षदेखी कालोपत्रे हुने छुट्याएको स्थानीयवासी हर्षित बनाएको घिमिरेको भनाई छ । ‘महराकै पहलमा उक्त सडकले काचुली फेर्ने अवसर पायो । सरकार धेरै बने र मन्त्रीहरु धेरै फेरिए । तर उक्त सडकलाई जीवन्त दिने प्रयास कसैले गरेनन् । ’ – उहाँले भन्नुभयो

निर्माणाधिन अवस्थामा रहेको घोराही –प्युठान सडकको स्तरोन्नतीका लागि लागि तत्कालिन अर्थ मन्त्री कृष्ण वहादुर महराले बहुवर्षिय आयोजना अन्तर्गत २०७३ माघ ३ गते पाँच करोड र चैत्र ११ गते ३० करोड गरी ३५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । हाल कमिरेचौर देखी प्युठान सिमाना सम्मको करिव किलो मिटर सडकको निर्माणको काम भईरहेको सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी दुर्गा गौतमले बताउनुभयो । सो सडक कालोपत्रे गर्नका लागि गत वर्ष असार १९ गते बोलपत्र आह्वान गरिएकोमा निर्वाचनका कारण साउन १८ मा मात्रै टेण्डर खुल्ला गरिएको थियो । तर विविध कारणले गर्न उक्त आयोजना सञ्चालन गर्न नसकेको उहाँको भनाई छ ।
थोरै थोरै विनियोविजत हुने वजेट उक्त सडकको उपलब्धीलाई खासै नदेखिने गरे पनि गत आर्थिक वर्षदेखी मोटो रकममा ठूलो देखिने गरी काम भईरहेको उहाँले बताउनुभयो । उहाँले वजेट र वन व्यावस्थापनको काम राज्यले गर्ने हो भने तीन वर्षभित्रमा घोराही – प्युठान सडकमा कालोपत्रे सकिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘राज्यले पैसा लगाउन नसक्दा घोराही – प्युठान सडक अलपत्र परेको थियो । अहिले माथिकै निर्णय स्रोत सुनिश्चिचता गरी कालोपत्रे गर्ने निर्णय गरेकाले चाँडै गतिलिने सक्ने छ । ’

विविध कारणले निर्माणमा तिव्रता आउन नसकेको अवस्थामा पछिल्लो निर्णय अनुसार कामले गतिलिने स्थानीयवासीहरुको अपेक्षा रहेको बंगलाचुली गाउँपालिका प्रमुख भक्त वहादुर वंलीले बताउनुभयो । लामो समय सडक सकस खेपेका घोराही – प्युठान सडकमा आश्रित दङगाली र प्युठानी नागरिकहरुका लागि राज्यले उचित निर्णय गरी राहात दिएको उहाँले बताउनुभयो ।

मदनभण्डारी राजमार्ग आयोजना अन्तर्गत घोराही – प्युठान सडकखण्डमा ५० किलोमिटर पर्दछ । झापाको शान्तिनगर वाट शुरु हुने उक्त राजमार्ग धरान , चतरा, उदयपुरको गाईघाट, कटारी, सिन्धुलीमाढि , हेटौडा, गैडाकोट, पाल्पाको रामपुर, रिडी, गुल्मीको तम्घास, सिमलटारी, प्युठान हुदै दाङको घोराही ,तुलसीपुर र बोटेचोर हुदै सुर्खेत बड्डीचौर, सिमचौर, बीपीनगर, सहजपुर, बुडर, जोगबुढा हुदै रुपाल सम्म पुग्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्