राष्ट्रिय सभा सदस्यको कार्यकाल तोक्न असार ४ गते गोलाप्रथा



काठमडौं, २७ जेठ । राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल निर्धारण गर्न असार ४ गते गोलाप्रथा हुने भएको छ। ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यहरूको कार्यकाल २,४ र ६ वर्ष निर्धारण हुनेछ।
गोलाप्रथाबाट १९ जनाको कार्यकाल २ वर्षको, २० जनाको ४ वर्षको र बाँकी २० जनाको ६ वर्षका लागि तय हुनेछ। यसरी रिक्त हुने स्थानमा निर्वाचनबाट सदस्यहरू चयन हुनेछन्। यद्यपी राष्ट्रपतिबाट मनोनित सदस्यको हकमा २ वर्षपछि मनोनयनमार्फत् नै सदस्य चयन हुनेछन्।
राष्ट्रिय सभाको कार्यसञ्चालन नियमावली नभएकाले गोलाप्रथा हुन सकेको थिए। राष्ट्रिय सभाले आइतबार नियमावली पारित गर्दैछ। नियमावली पारित भएलगत्तै पाँच दिनको समय राखेर गोलाप्रथाको सूचना संघीय संसद सचिवालयले प्रकाशित गर्नेछ।
कसरी हुन्छ गोलाप्रथारु
५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाको प्रतिनिधित्व छ भने ३ जनालाई राष्ट्रपतिले मनोनयन गरेका छन्।
प्रदेशबाट निर्वाचित ८ सदस्यबीच पनि क्लष्टर अनुसार गोलाप्रथा हुनेछ। हाल प्रत्येक प्रदेशबाट ३ महिला, ३ पुरूष, १ दलित महिला तथा अर्का १ अल्पसंख्यकरअपाङ्ग राष्ट्रिय सभामा छन्।
प्रदेशबाट आएका यस्ता तीन महिलामध्ये एकको कार्यकाल दुई वर्ष अर्कोको चार वर्ष र तेस्रोको ६ वर्ष हुनेछ। त्यस्तै पुरुषतर्फ पनि तीनै जनाको फरक(फरक समायवधिको कार्यकाल हुनेछ।
दलित महिला र अल्पसंख्यकरअपाङ्गतर्फ सात वटै प्रदेशको एकमुष्ट गोलाप्रथा हुनेछ। एक पटकमा ७ जनाले गोला तान्नेछन्। जसमध्ये एउटामा भने शून्य लेखिएको हुनेछ। शून्य पर्नेले पुनस् अवधि छनोटका लागि गोला तान्नुपर्ने हुन्छ।
त्यस्तै राष्ट्रपतिले मनोनयन गरेका तीन जनाको पनि कार्यकाल फरक फरक हुनेछ। राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षसहित गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री युवराज खतिवडाको मन्त्रालयको कार्यकालसमेत गोलाले निर्धारण गर्नेछ।
यद्यपी कार्यकाल समाप्त हुनुअघि नै निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन गराउनेछ। राष्ट्रिय सभा अविच्छिन्न भएकाले कार्यकाल सकिए लगत्तै नयाँ सदस्य चयन हुनेछन्।  setopati

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्