रुकुमका जनप्रतिनिधि अफिम सहित पक्राउ



सैघाली खबर

रुकुम , २७ जेठ । रुकुमका निर्वाचित वडा सदस्य ठूलो मात्रामा अफिमसहित पक्राउ परेक छन् । उनीसँगै अरु दुई जना पनि पक्राउ परेका छन् ।साढे ६ किलो अफिम बोकेर नेपालगञ्ज आइपुगेका सिस्ने गाउँपालिका–३ का निर्वाचित वडा सदस्य मनबहादुर खत्री, वडा नम्बर ३ कै बमबहादुर खड्का र वडा नम्बर ४ का भुपेश खड्का पक्राउ परेका हुन् ।

नेपालगञ्जको धम्बोझीस्थित दैलेखी जय होटलको २०४ नम्ब्र कोठामा बसेका उनीहरुसँग ठूलो मात्रामा लागु औषध रहेको विशेष सुराक पाएपछि ५ नम्बर प्रदेश अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले छापा मारेको थियो । त्यसक्रममा खाटमुनी कालो प्लाष्टिकमा राखिएको ६ किलो पाँच सय ग्राम अफिम प्रहरीले बरामद गरेको थियो ।

रुकुमको माथिल्लो भेगमा उत्पादन भएको अफिमलाई प्रतिकिलो एक लाख रुपैयामा खरिद गरेर ल्याइएको प्रारम्भिक बयानबाट खुलेको छ । अफिमलाई नाका पार गरेर भारत पठाउन पाएमा पाँच लाख किलोमा बिक्री हुने उनीहरुले बताएका छन् ।

बाँके प्रहरीका प्रमुख एसपी टेकबहादुर तामाङले आइतबार पत्रकार सम्मेलन गरेर अफिम र कारोबारीलाई सार्वजनिक गरेका छन् । एसपी तामाङका अनुसार, कारोबारीहरु सार्वजनिक बस प्रयोग नगरी भित्री सडकबाट नेपालगञ्ज आइपुगेको बताए । पक्राउ परेका व्यक्तिहरु मध्यमखालको कारोबारी भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्