महिलाहरुका लागि आधारभुत सहकारी तालिम



अमरराज आर्चाय,
दाङ, २८ जेठ ।
घोराही उप महानगरपालिका वडा नं १८ गिठेपानी, फुर्सेखाली स्र्थीत एकता महिला वहुउदेश्य सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारी आधारभुत तालिम सुरु भएको छ । तालिम दुइ दिन सम्म सञ्चालन हुने भएको छ । तालिममा संस्थामा आवद्ध ३० जना महिलाहरुको सहभागिता रहेको छ । तालिममा संहकारी भनेको केहो, यसका उदेश्य, काम, कर्तव्य, सेयर सदस्यको काम कर्तव्य र अधिकार, किन सहकारीको आवस्यकता रहेको छ लगाएतका विषयमा जानकारी दिइने छ । दुइ दिन सम्म सञ्चालन हुन तालिमको प्रशिक्षकमा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द्रप्रसाद शर्मा र राष्ट्रिय सहकारी बैकका प्रवन्धक नारायण वेलवासे रहेका छन् । तालिमको सोमवार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको छ । उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष यसोदा पाण्डेयको अध्यक्षतामा एवम जिल्ला सहकारी सिंघका अध्यक्ष गोविन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव पार्वती अधिकारीले गरेकी थिइन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्