सहकारीमा पौने तीन अर्ब लगानी



रीता लामा
दाङ ३० जेठ । स्थानीय सर्वसाधारणका समुहमा काम गर्नको लागि भन्दै जिल्लामा धमाधम सहकारीहरु खुल्ने क्रम जारी छ । पछिल्लो समय जिल्लामा सहकारी स्थापना र त्यसमा लगानी पनि बढ्दो छ । सहकारी कार्यालयको तथ्याङ्क अनुसार दाङ क्षेत्र भित्र सक्रिय भएर काम गरिरहेका करिव साढे ६ सय सहकारी छन । जसमा करिव पौने तीन अर्वको लगानी रहेको छ । जिल्ला सहकारी डिभिजन कार्यालयका अनुसार अहिले दाङमा ६ सय २७ सय सहकारीहरु सक्रिय भएर काम गरेका छन । गत असार देखि कार्यालयले नयाँ सहकारी दर्ता गरेको छैन । सहकारी कार्यालयहरु स्थानीय तहमा हस्तान्तरण गरे पछि मात्र सहकारी दर्ताको काम अगाडी बढाइने कार्यालयले जनाएको छ । आउदो असार पछि मात्र सहकारीहरु स्थानिय तहमा हस्तान्तरणको काम गरिने बताईएको छ ।

 

जिल्लामा हाल बचत तथा ऋण सहकारी, बहुउद्देश्यीय सहकारी, कृषि सहकारी, दुग्ध सहकारी, उपभोक्ता सहकारी, तरकारी उत्पादन, विद्युत, माहुरी, स्वास्थ्य, पशुपंक्षिपालन, सुचना तथा संचार, मत्स्य पालन, शिक्षा, सामाजिक उद्यमी तथा जडीबुटी सहकारीहरु सक्रिय रुपमा काम गरिरहेका छन । र जसमा २ अरव, ८२ करोड, ५७ लाख, ८८ हजार लगानी रहेको डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

डिभिजन सहकारी कार्यालयका प्रमुख विनोद कुमार पौडेका अनुसार जिल्लामा स्थापना भएका सहकारीहरु मध्य सबै भन्दा धेरै बचत तथा ऋण सहकारीमा १ अरव ८४ लाख रुपैया लगानी रहेको छ भने ४१ करोड सेयर पुजि रहेको छ । यस्तै कृषि सहकारीमा पनि मोटो रकम लगानी गरिएको छ । जसमा ६० करोड, ९४ लाख लगानी र १६ करोड, ७२ लाख सेयर पुजि रहेको भने बहुउद्देश्य सहहकारीमा १८ करोड, ५७ लाख लगानी र ५ करोड, ७४ लाख सेयर पुजि रहेको छ । यस्तै बिधुत सहकारीमा १२ करोड २९ लाख लगानी १८ लाख ९५ हजार सेएर पुजी रहेको छ । तर शिक्षा, स्वास्थ्य र जडिबुटीमा भने केही रकम सेयर पुजीमा राखिए पनि लगानी शुन्य छ ।

ऐन अनुसार उपमहानगरमा १० प्रतिशत, नगरपालिकामा ७ प्रतिशतका दरले आम्दानी बुझाउनुपर्ने व्यवस्था गरिएको छ । दाङमा करिव १ लाख ४८ हजार ७ सय ७८ जना सहकारीमा आवद्ध छन । जसमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । तथ्याङ्क अनुसार दाङमा ८२ हजार १५ महिला र ६६ हजार ७ ससय ६३ पुरुष छन ।  जिल्ला सहकारी कार्यालय अहिले जिल्लामा क्रियाशिल सहकारीहरुलाई क्षमता अभिबृद्धि गर्ने, तालिम गोष्ठी गर्ने काम गरिरहेको सहकारी डिभिजनका प्रमुख पौडेलले बताए । यस्तै कृषि सहकारी, जडिबुटी सहकारी पशुपंक्षिपालन, स्वास्थ्य, शिक्षा आदि सहकारीहरुको लागि अनुदानको लागि सिफारिस गर्ने, सहकारीको अनुगमन गर्ने काम गरिरहको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्