साक्षी बसेको आरोपमा निर्घाट कुटपिट



सैघाली खबर
दाङ, ३० जेठ । दाङमा साक्षमी बसेको आरोपमा एक महिला माथि निर्घात कुटपिट भएको छ । घोराही उपमहानगरपालिका १ रामपुरकी ४५ वर्षिया नारायणी पुन माथि कुटपिट भएको हो । स्थानीय नमा बिष्ट र देवा पुनको जग्गा विवादको विषयमा भएको छलफलमा साक्षी बसेको आरोपमा पीडक देवा पुन पक्षले नारायणी माथि मंगलवार सामुहिक कुटपिट गरेका हुन ।

जग्गा विवादको छलफलमा क्रममा नभनेका कुराहरु भनेको भन्दै आफुलाई देवा पक्षका दशजनाले कुटपिट गरेको पीडित नारायणीको भनाई छ । कुटपिट गर्नेहरुमा मिना खत्री , निर्मली खत्री, पवित्रा बिष्ट, गिरा खत्री , निर्मला शाह, नल बिष्टकी कान्छी बुहारी, सरस्वती पाण्डे र ठगे खत्री रहेको पीडितले बताउनुभयो । पीडित नारायणमीले कुटपिट गर्नेहरु विरुद्ध प्रहरीमा उजुरी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्