सरकारी कोटामा कोरिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी)को टोलीले पक्राउ गरेको छ ।
उनीहरूले करिब ८० लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा लमजुङ दुर्दी–२ का ५३ वर्षीय मिनबहादुर थापा र ३५ वर्षीय जोसेफ श्रेष्ठ रहेको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
प्रहरीका अनुसार उनीहरूले प्रति व्यक्ति करिब ११ लाख रुपैयाँका दरले ९ जना बढीलाई ठगी गरेका थिए ।
एसपी कृष्णहरि शर्माका अनुसार वर्ष दिनका लागि सरकारी कोटामा कोरिया जाने र त्यसपछि प्रत्येक वर्ष भिषा नविकरण गरिने प्रलोभन दिने देखाएका थिए ।
यता, श्रेष्ठले पुतली सडकस्थित लोटस कन्सल्टेन्सीबाट रकम लिने गरेको खुलेको प्रहरीले दाबी गरेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।