गिरिराज ने पाली
दाङ, ३१ जेठ । कम्लरीहरुले दासताबाट मुक्ति पाए पनि पहिचान पाउन सके का छै नन् । जसका कारण उनीहरुले पहिचानविहीन जीवन बिताइरहे का छन् । २०७४ भदौ ४ गते दे खि मुक्त कम्लरीहरुलाई परिचयपत्र वितरण शुरु गरे पनि न्यून संख्यालाई मात्रै परिचयपत्र वितरण गरिएको छ । अधिकांश मुक्त कम्लरीहरु अझै मुक्तिको पर्खाइमा छन् । राज्यले मुक्त कम्लरीको पहिचान दिन नसक्दा उनीहरुले अझै मुक्तिको अनुभूति गर्न सके का छै नन् ।
कम्लरीहरुको मुक्ति र पहिचानका लागि राज्य उदासिन हुदा उनीहरुले न्यायको महसुस गर्न नसके को मुक्त कम्लरी विकास मञ्च दाङकी अध्यक्ष पुष्पा चौ धरीले बताउनुभयो ।
आप्mनो पहिचान पाउन नसक्दा आफूहरु राज्यद्वारा नै पीडित भइरहे को उहाको भनाइ छ । उहाले भन्नुभयो – ‘मालिकको घरबाट मुक्त भयौ ं तर राज्यले मुक्ति दिन सके को छै न ।’ जसका लागि राज्यले प्रभावकारीरुपमा परिचय पत्र र आवश्यक सीप र रो जगारको विकास गर्नुपर्ने उहाको भनाइ छ ।
उहा“ले दाङमा पा“च हजार एक सय ९७ जना मुक्त कम्लरी रहे पनि दुई हजार नौ सय ४२ जना मात्रै सरकारी तथ्यांकमा रहे का र तीमध्ये पाच सय २३ जनाले मात्रै मुक्त कम्लरी परिचयपत्र प्राप्त गरे को जानकारी दिनुभयो । बा“की दुई हजार चार सय १९ जनाले अझै परिचयपत्र नपाएको उहा“ले बताउनुभयो । उहा“ले दुई हजार दुई सय ५५ जना छुटमा परे को जानकारी दिनुभयो ।
मुक्त कम्लरी विकास मञ्च के न्द्रीय कार्यालय दाङकी पूर्वअध्यक्ष उर्मिला चौ धरीले पा“चवटा जिल्लामध्ये दाङ र बर्दियामा छ सय ८१ जनाले मात्रै परिचयपत्र प्राप्त गरे को जानकारी दिनुभयो । बा“की तीन जिल्ला कञ्चनपुर, कै लाली र बा“के मा कसै ले पनि परिचयपत्र पाउन नसके को उहा“ले बताउनुभयो । जसमध्ये दाङमा पाच सय २३, बर्दियामा एक सय ५८ र कञ्चनपुरमा सात सय ४१, कै लालीमा दुई हजार सात सय ६७ र बा“के मा पा“च सय ३० जना रहे को उहा“ले जानकारी दिनुभयो । कञ्चनपुरमा एक सय ६१, कै लालीमा चार सय दुई र बा“के मा दुई सय ३३, बर्दियामा तीन सय ४३ जना छुटमा परे को उहा“को भनाइ छ । परिचयपत्र नपाएका र छुटमा परे का मुक्त कम्लरीहरुलाई राज्यले तत्काल न्याय दिनुपर्ने उहा“को माग छ । मुक्त कम्लरीहरुका विषयमा राज्य उदासिन बन्दा उनीहरुले पीडा खे पिरहनुपरे को उहा“को भनाइ छ । कम्लरी बसे काहरुको उद्धार र परिचयपत्र नपाएकाहरुलाई तत्काल परिचयपत्र वितरण गर्नुपर्ने उल्ले ख गदै ैर् यसो नगरे मुक्त कम्लरीहरुले संघर्षका कार्यक्रम थालनी गर्नुपर्ने स् िथति दे खिएको उहा“ले बताउनुभयो ।
बजे ट र कर्मचारी अभाव
राज्यको प्रमाणिकरणमा परे का पाच जिल्लाका नौ हजार चार सय ७५ जनाहरुको परिचयपत्र प्रत्ये क जिल्लाका भूमि सुधार कार्यालयमा पठाए पनि बजे ट र कर्मचारीको अभावका कारण वितरण गर्न नसके को सम्बन्धित कार्यालयहरुको भनाइ छ ।
भूमि सुधार कार्यालय दाङका शाखा अधिकृत मानबहादुर कुवरले परिचयपत्र वितरण समितिको बै ठक, वितरण खर्च, आवश्यक कर्मचारी र आपसी समन्वय हुन नसक्दा वितरण हुन नसके को बताउनुभयो । जसका लागि आवश्यक बजे ट, कर्मचारी र समन्वयको आवश्यकता रहे को उहँको भनाइ छ । उहाले भन्नुभयो – ‘परिचयपत्र वितरण गर्न नसकिने हो इन, समस् या बजे ट र कर्मचारीको हो ।’
किन चाहियो बजे ट ?
प्रमुख जिल्ला अधिकारी गजे न्द्रबहादुर श्रे ष्ठले मुक्त कम्लरीको परिचयपत्र वितरणका लागि राज्यले आवश्यक प्रक्रिया पूरा गरी परिचयपत्र सम्बन्धित जिल्लामै पठाइसके काले त्यसको वितरण बिनाबजे ट पनि गर्न सकिने बताउनुभयो । बिनाबजे ट पनि भएका कर्मचारीहरुको व्यवस् थापन गरी दिनमा धे रै नभएपनि २–४÷२–४ जना गरी वितरण गर्न सकिने उहाले बताउनुभयो ।
उहा“ले लुकाई छिपाई राखिएका कम्लरीहरुको तत्काल उद्धार गरी उनीहरुको पुनस् र्थापना गरिनुपर्ने बताउनुभयो । जसका लागि कम्लरी राख्ने व्यक्तिको पहिचान तत्काल गर्दै खो जतलास गर्नुपनेर् मा जो ड दिनुभयो ।
हाल पा“च जिल्लामा दासतापूर्ण जीवन बिताइरहे का ९७ जनाको उद्धार, मुक्त कम्लरीको सीप र रो जगार, छुटमा परे काहरु छुट लगत संकलन र परिचयपत्र नपाएकाहरुलाई परिचयपत्र वितरणको माग राख्दै पाँच जिल्लाका भूमि सुधार कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको मुक्त कम्लरी विकास मञ्चले जानकारी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।