खुल्ला दिशामुक्त क्षेत्र घोषणा प्रतिस्पर्धा : शौचालय छैन तर खुल्ला दिशामुक्त क्षेत्र घोषणा



सैघाली खबर, ३१ जेठ।
रौतहटको गरुडा नगरपालिकाका सबै घरमा शौचालय निर्माण नहुँदै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । बिनातयारी गैरसरकारी संस्थाको गलत तथ्यांकअनुसार खुला दिशामुक्त घोषणा गरिएको हो । गरुडा नगरपालिकामा सबै घरमा शौचालयको प्रबन्ध छैन तर केही दिन अघि २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु रावतबाट नगरपालिका खुला दिशामुक्त क्षेत्र घोषणा भइसक्यो ।

विभिन्न गैरसरकारी संस्थाले दाताहरुको सहयोगमा जिल्लामा सरसफाइको नाममा ४ करोड ४८ लाख ५३ हजार रुपैयाँ खर्च गरिसकेका छन् । तर काममा खासै प्रगति नभएपछि हचुवाको भरमा खुलादिशामुक्त घोषणा गरेको रहस्य खुलासा भएको छ । खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न मात्रै नगरपालिको ६ लाख रुपैयाँ खर्च भएको विवरण बाहिर आएको छ ।

वडा नम्बर चारका अध्यक्ष चुनचुन शाहले हतारमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा नगरौं भन्दा पनि जबरजस्ति घोषणा गरिएकाले शौचालय नबनाएकाले अब नबनाउने बताउँछन् । राजमार्गले समेत छोएको यो नगरपालिकामा कुनै सार्वजनिक शौचालय समेत छैन । यस्तो ठाउँलाई खुला दिशामुक्त घोषणा गर्नु निकै हास्यास्पद छ ।

पछिल्लो समय खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने काम प्रतिस्पर्धाकै रुपमा भइरहेको देखिन्छ । खुला दिशामुक्त घोषित क्षेत्रमा खुलेआम खुला ठाउँमै दिशापिसाब भइरहेकै छन् । जसले यस्ता घोषणालाई अर्थहीन देखाइरहेको छ । मानव सुचांकमा माथि भएको देखाउनको लागि फर्जी तवरले घोषणा गरिएको खुला दिशामुक्त क्षेत्रले वास्तविकतालाई ओझेलमा पार्न सक्छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्