घुस सहित वैदेशिक रोजगार विभागका अधिकृत पक्राउ



सैघाली खबर
काठमाण्डौ, ३१ जेठ । वैदेशिक रोजगार विभागका अनुगमन अधिकृत रामप्रसाद ढुंगानालाई ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ परेका छन्।

ढुंगानालाई अख्तियारको टोलीले वैदेशिक रोजगार विभागको मिटिङ हलमा रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

ढुंगानाले म्यानपावरको विज्ञापन छपाइमा मापदण्ड पूरा नभएको भन्दै सेवाग्राहीसँग पैसा मागेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्