प्रथम मेयर कपको उपाधी वडा नं. पाँचले चुम्यो



लक्ष्मण बस्नेत
दाङ, ३१ जेठ । दाङ तुलसिपुर अरनिको मैदानमा संचालित प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधी तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ले हात पारेको छ । तुलसिपुर उपमहानगरपालिकाको आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा वडा न १५ लाई शून्य का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै वडा न ५ ले उपाधी चुमेको हो ।

उपाधी सगै उसले नगद ५० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र हात पारेको छ । उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलमा सशक्त र सान्दार प्रदर्शन गरेको वडा न ५ को तर्फबाट जर्सी न १७ का हिरा डागिले खेलको पहिलो हाफमा पहिलो गोल गरे । त्यस्तै उज्वल चौधरीले खेलको दोस्रो हाफमा १ गोल गर्न सफल भए भने जर्सी न १२ का ईश्वरी बुढाथोकीले थप १ गोल गर्दै आफनो टिमको खातामा शून्य ३ गोलको अन्तर को स्कोर निकाल्न सफल भए । फाईनलमा पराजित वडा न १५ ले उपबिजेतामा चित्त बुझाउदै नगद ३० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।

त्यस्तै प्रतियोगिता अन्तरगत तृतीय स्थानका लागि भएको खेलमा वडा न ६ लाई ट्राईवेकरमा १ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै वडा न ७ ले तृतीय स्थान हासिल गरेको हो । उसले नगद २० हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । जेठ २५ गते देखि जारी प्रतियोगितामा तुलसिपुर उपमहानगरपालिकाका १९ वडाका टिमको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह मेयरकप प्रतियोगिताका सयोजक अमर नेपाली माईकलको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पान्डेको प्रमुख आतिथ्य एवं उपमेयर माया आचार्यको बिशिस्ट आतिथ्यमा भएको हो ।

सो अबसरमा सर्बोउत्कृट खेलाडी वडा न ५ का उज्वल चौधरी,सर्वाधिक गोल कर्ता वडा न ६ का मनोज चौधरी,उत्कृष्ट गोल रक्षक वडा न ५ का प्रकाश रोका,उत्कृष्ट मिडफिल्डर वडा न १५ का सुरेन्द्र चौधरी,उदयमान खेलाडी वडा न १५ का सिमान्त बुढाथोकी,उत्कृष्ट डिफेन्स वडा न ५ का लोकेन्द्र वलि लाई घोषित गरिएको थियो ।

कार्यपालिका सदस्य दिपक कुमालको स्वागत मन्तव्य बाट सुरु भएको समारोहको सन्चालन मेयर कप प्रतियोगिताका सदस्य सचिब वसन्त बिवश आचार्यले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्