कांग्रेस पार्टी कार्यालय प्रहरीले किन कब्जा गर्यो ?



सैघाली खबर, १ असार ।
पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघद्वारा जारी आन्दोलनका क्रममा प्रहरीले नेपाली कांग्रेस पार्टी कार्यालयभित्रै प्रवेश गरी कब्जा गरेको घटनाप्रति सुर्खेत कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले विज्ञप्ति जारी गरेर उक्त घटनाको घोर निन्दा र भत्र्साना गरेको छ ।

नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीद्वारा बिहीबार जारी विज्ञप्तिमा सरकारले पटक–पटक गरेको पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरुद्ध नेपाल विद्यार्थी संघले गरेको पहिलो चरणको आन्दोलन अन्तरर्गत पुत्ला दहनको कार्यक्रम सकेर कांग्रेस पार्टी कार्यालयमा पुगेका विद्यार्थीलाई पक्राउ गर्न प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरीको जत्थाले पार्टी कार्यालय नै कब्जा गर्नु पञ्चायतकालीन घटनाभन्दा क्रुर र निन्दनीय भएको उल्लेख छ ।

पार्टी कार्यालयभित्रबाटै विद्यार्थी नेताहरूलाई अमानवीय रुपमा कुटपिट गरी पक्राउ गरिनुले वर्तमान सरकार पञ्चायती र शाही शासनभन्दा पनि बढी अधिनायकवादी हुन थालेको सभापति रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले पार्टी कार्यालय नै कब्जा गरेको घटनाले कम्युष्टि सरकारको अधिनायकवादी चरित्र उदांगो भएको विज्ञप्तिमा उल्लेख छ ।

विगतको प्रतिबन्धितकालमा समेत पार्टी कार्यालयमा नभएको प्रहरी हस्तक्षेप विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा पार्टी कार्यालय कब्जा गरी कुटपिट गर्नु मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै मानव अघिकार उल्लंघनका यस्ता घटनालाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा समेत उठाउन मानवअधिकारकर्मीहरुरूलाई आग्रह गरिएको नेपाली कांग्रेस सुर्खेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्