विश्वकप फुटबल विशेष: पहिलो चरणमा रसियाको अग्रता



विश्वकप फुटबलको पहिलो चरणमा रसिया हावी भएको छ । २४ औं मिनेटमा मैदान प्रवेश गरेका डेनिस चेरिसेभले साउदी अरेयिबा विरुद्धको उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनकै उत्कृष्ट प्रदर्शनको मद्दतमा रसिया साउदी अरेबियामाथि हावी भएको थियो ।

रसियन टिमकै प्रतिभाशाली फुटबलरका रुपमा हेरिएका चेरिसेभले खेलको ४३ औं मिनेटमा रोमन जोवनिनले दिएको पासलाई साउदीका डिफेन्डरलाई छलाउँदै डी बक्सभित्रबाट गोल गरेका थिए । त्यस्तै उनले ९१ औं मिनेटमा डिबक्सको कर्नरबाट उत्कृष्ट गोल गर्दै रसियालाई ४–० को अग्रता दिलाए ।

सन् २०१२ देखि रसियन राष्ट्रिय टिमका सदस्य रहेका चेरिसेभले राष्ट्रिय टिमका लागि १२ खेलमा दुई गोल गरेका छन् । दुवै गोल उनले साउदी अरेबिया विरुद्ध गरेका हुन् । स्पेनिस क्लब भिल्लारियलबाट व्यवसायिक फुटबल खेल्ने चेरिसेभले यो सिजन ३२ खेल खेल्दै ४ गोल गर्नुका साथै २ गोलका लागि पास समेत उपलब्ध गराएका छन् । तिब्र र आकर्षक रुपमा बल अगाडि लैजान माहिर चेरिसेभ जुनसुकै बेला खेललाई परिवर्तन गराउन सक्छन् ।

सन् २००२ देखि स्पेनिस क्लब रियल म्याड्रिडको युथ टिममा अबद्ध भएका उनले २००९ सम्म युथ टिममै खेले । सन् २००९देखि २०१३ सम्म रियलको बी टिममा खेलेका चेरिसेभले १०९ खेल खेल्दै २२ गरेका थिए । चरिसेभले रियलको सिनियर टिमबाट दुई खेल मात्र खेल्ने अवसर पाएका छन् । सन् २०१३÷१४ को सिजन लोनमा सेभिल्लाबाट खेले । त्यसपछि अर्को सिजन लोनमै भिल्लारियल पुगेका सेरिसेभले त्यहाँ दुई सिजन बिताउँदा ३३ खेलमा ७ गोल गरे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्