सवारी दुर्घटनामा परि ३५ जनाको ज्यान गयो



सैघाली खबर, ३ असार ।
सुर्खेतमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ३५ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यस चालु आर्थिक वर्षमा सवारी दुुर्घटना बढेको छ । यस आर्थिक वर्षको ११ महिनामा ७० जना गम्भिर घाइते र २ सय ६० जना समान्य घाइते समेत भएका छन् । ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुुसार चालु आर्थिक वर्षको जेठसम्म ७८ वटा सवारी साधन दुर्घटना भएका छन् ।

अघिल्लो वर्ष १७ जनाले मात्र सवारी दुर्घटनाबाट ज्यान गुमाएका थिए भने ५१ वटा सवारी साधन दुर्घटनामा परेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ११ महिनाको अवधिमा १२ हजार ८ सय २३ सवारी साधनलाई कार्वाही गरी ७६ लाख ४३ हजार पाँचसय राजश्व संकलन गरेको छ ।

साँघुरो र कच्ची सडक, सवारी चालकले ट्राफिक नियमको पालाना नगर्नु, भत्केका सडकहरुको मर्मत नहुँदा र फुटपाथ व्यवस्थापन नहुनेलगायतको समस्याले सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरिबहादुर बिसीले बताए । ‘सुर्खेतमा पुराना सवारी साधन धेरै भएको कारण पनि दुर्घटना हुने गरेको छ ।

सवारी चालकले मादक प्रदार्थ सेवन गरेर सवारी चलाउने र जथाभावि रुपमा कच्ची सडक खोल्नुले पनि दुर्घटना भइरहेको पाइन्छ’ प्रमुख बिसीले बताए, ‘ट्राफिक व्यवस्थापनमा हामीले स्थानीय निकाय र सरोकारवालासँग छलफल गरिरहेका छौँ ।’ सबैले ट्राफिक नियमको पालना गरे दुर्घटना न्युनिकरण गर्न सकिने बताए । उनले सुर्खेतमा सबैभन्दा अटो रिक्साको समस्या भएकाले बताए । अटो रिक्साको नियमन गरिदिने निकाय नहुँदा जथाभावी रुपमा अटो रिक्सा चलाउने, लाइसेन्स नलिएर अटो चलाँदा दुर्घटना हुने गरेको उनले बताए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्