फुटबलको विश्व विजेता जर्मनी यसपटक भने पराजित भएको छ । रसियामा जारी विश्वकप फुटबल २०१८ अन्तर्गत जर्मनीविरुद्ध मेक्सिकोले खेलको पहिलो हाफमा गोलगरेपछि जर्मनी परजित भएको हो । खेलको ३४ औ मिनेटमा मेक्सिकोका लागि लोजानोले गरेको गोल नै विजयका लागि निर्णायक बन्यो ।
योसँगै विश्व विजेता जर्मनी पराजय बेहोर्दै विश्वकपको सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा जर्मनी मेक्सिकोसंग पराजित भएपछि थप अगाडी उसलाई गाह्रो पर्ने देखिन्छ ।
यसअघि २०१४ को विश्वकपमा डिफेन्डिङ च्याम्पियन स्पेन पहिलो खेलमै पराजित भएको थियो । स्पेनलाई नेदरल्यान्डले ५(१ गोलअन्तरले पराजित गरेको थियो । समूह चरणका अन्य खेल पनि गुमाएपछि स्पेन अन्तिम १६ मा नै नपुगी घर फर्किएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।